• ५ माघ, सिन्धुली/नेपाल लाईफ इन्स्योरेन्स सिन्धुलीले मृत्यु दावि भुक्तानी वापत ५ लाख ६७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ ।
    विमित कमलामाई नगरपालिका ६ धुराबजार निवासी इन्द्रबहादुर शेर्पाको निधनपछि मृत्यु दावि भुक्तानी गरिएको नेपाल लाईफ इन्स्योरेन्स सिन्धुलीका शाखा प्रबन्धक राम खड्काले जानकारी दिनुभयो । मृत्यु दावि भुक्तानी मृतक शेर्पाको श्रीमती बसन्ती माया डिम्दोङलाई कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वल कुमार थापाले चेक हस्तान्तरण गर्नुभएको हो ।
    चेक हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले भन्नुभयो “भनिन्छ नि जन्म पश्चात् मरण अवस्य हुन्छ, यो बिज्ञान संबत नियम नै हो । एउटा परिवारको जिम्मेवार सदस्य गुमाउनुको पिडा बेग्लै छ । तर मृत्यु पछिको परिवारको आर्थिक अवस्थालाई थोरै भए पनि सहजता ल्याउन सक्यो भने पनि ठूलो राहत हुन्छ, यसर्थ विमा गर्न जरुरी छ ।”
    विमित शेर्पाले पाँच लाखको १० वर्षिय सुरक्षित विमा गराउनुभएको थियो । विमित शेर्पाको पौष १२ गते असामयिक निधन भएको थियो । मृतक विमितले ३ किस्ता वापतको रकम रु. १ लाख ७३ हजार पाँच सय अठ्सठ्ठी भुक्तानी गरिएको थियो । विमित स्वर्गिय शेर्पाको श्रीमती डिम्दोङलाई विमाङक रकम ५ लाख र ३ वर्षको बोनस रकम ६७ हजार पाँच सय सहित ५ लाख ६७ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको शाखा प्रबन्धक खड्काले जानकारी दिनुभयो ।