-
५ माघ, सिन्धुली/मन्जुश्री सम्वत् २८५९ को (हृयोई, तावार ल्हो) बिरालो वर्ग तथा सोनाम ल्होसारको अवसरमा सिन्धुलीमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको बाहुल्यता रहेका पालिकाहरुमा विविध साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रमहरु सञ्चालन हुने भएको हो ।
News Desk 0 response बिहिबार, माघ ५, २०७९
नेपाल तामाङ घेदुङ, कमलामाई नगर कार्य समिति, सिन्धुलीको आयोजनामा वृहत्त साँस्कृतिक जागरण अभियान तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कमलमाई नगरपालिकामा पुर्व मत्री तथा नेपाल तामाङ घेदुङको सल्लाहाकार शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा बृहत सांस्कृतिक जागरण अभियान तथा सम्मान कार्यक्रम हुने भएको छ । कार्यक्रम तयारी तिब्र भई रहेको तामाङ घेदुङ कमलामाई नगरसमितिका अध्यक्ष सरिता राई तमाङले जानकारी दिनु भयो ।
माघ ७ गते शनिवार बुद्धनगर चोक, सिन्धुलीमा हुने कार्यक्रममा सेलो गितकार तथा गायक फुलकुमार बम्जन, गायक तथा संगितकार सुभ तामाङ, सेलो गाईका रेस्मा बम्जन तामाङ र गायक तथा संगितकार सोनाम बज्युको विशेष प्रस्तुति हुने अध्यक्ष तामाङले जानकारी दिनुभयो । सो कार्यक्रमको समन्वय नेपाल तामाङ बिद्यार्थी घेदुङ, जिल्ला कार्य समिति, सिन्धुली र तामाङ पत्रकार संघ जिल्ला कार्य समिति, सिन्धुलीले गरेको छ ।
त्यस्तै घ्याङलेख गाउँपालिकामा शुभकामना आदाप्रदान, अन्तर विद्यालय नृत्य प्रतियोगिता (तामाङ सेलो गीतमा) साथै निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गर्ने भएको छ । तामाङ घेदुङ घ्याङलेख गाउँपालिका कार्य समितिको आयोजनामा घ्याङलेख गाउँपालिका वडा नं. ३ कोलटारमा माघ १० गते कार्यक्रम हुने आयोजकले जनाएको छ ।
त्यस्तै मरिण गाउँपालिकामा सोनाम ल्होछार सास्कृतिक जागरण तथा सम्ममान कार्यक्रम हुने भएको छ । तामाङ घेदुङ मरिण गाउँपालिका कार्य समितिको आयोजनामा मरिण गाउँपालिका ५, नयाँवस्तिमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२