-
पौष ७, सिन्धुली/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले जिल्लाका पत्रकारहरुसंग आयुर्वेद स्वास्थ्य केन्द्र र यसले प्रवाह गर्दै आएका सेवाका विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । आयुर्वेद स्वास्थ्य सेवाको प्रवर्धन गर्ने उद्देश्यका साथ पत्रकारहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको आयोजक सँस्थाले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डाक्टर अर्जुन उपाध्यायको अध्यक्षता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष सुन्दर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लामा सन्चालित विभिन्न सन्चारमाध्यममा कार्यरत सन्चारकरर्मी तथा पत्रकारहरुको सक्रिय उपस्थिती रहेको थियो । आयुर्वेद औषधिले मानिसलाई पुर्याउने स्वास्थ्य सम्वन्धि फाइदा अझै पनि समुदायसम्म पुग्न नसक्दा मानिसमा भ्रम पैदा भएकोे अध्यक्ष तामाङको भनाई छ । स्वास्थ्यका दृष्टिले आयुर्वेर्दीक औषधि अत्यन्तै फाइदाजनक हुने भएकाले यस सम्वन्धि चेतना र यसको फाइदाका विषयलाई समुदायसम्म पु¥याउन सन्चारकर्मी तथा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने तामाङले बताउनुभयो । साथै वहाँले यस्तो कार्यमा सक्दो सहयोग गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको छ ।
News Desk 0 response बिहिबार, पुस ७, २०७९
त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अर्जुन उपाध्यायले आयुर्वेदको परिचय, उदेश्य र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट दिइने सेवा तथा कार्यक्रमको बिषयमा प्रष्ट पार्नुभएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले सदरमुकाम बाहेक जिल्लाका ८ वटा पालिकामा सेवा प्रदान गदैँ आएको छ । गोलन्जोर गाउँपालिकामा भने आयुर्वेद सेवा सन्चालन नभएको डाक्टर उपाध्ययले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०