• कार्तिक २६, सिन्धुली/सिन्धुली निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनीधि सभा अन्तर्गत बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले नेपाली काङग्रेस संग ओली एमालेको प्रतिगामी कदमको विरुद्धमा सडकमा लड्ने क्रममा सडकमै भेट भएको बताउनुभएको छ ।

    शनिबार मरिणमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी सिन्धुलीका इन्चार्ज समेत रहनुभएका नेता दाहालले निर्वाचनको लागि गठबन्धन गरेको नभइ ओलीको प्रतिगामी कदमको विरुद्धमा सडकमा सहकार्य गरेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “हाम्रो पार्टीको आफ्नै इतिहाँस र विरासत छ । लगातार सात सालको वरिपरिदेखी जनताको जनअधिकारको निम्ति राजनीतिक जागरण पैदा गर्ने र निरन्तर शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया तथा पछिल्लो चरणमा केपी ओलीको प्रतिगामी कदमको विरुद्ध आफ्नो राजनीतिक परिपक्कता प्रदान गर्दै नेपाली कांग्रेस आज यो गठबन्धन दलभित्र आएको छ ।”

    हिजो गणतन्त्रको लागि लडाईँ लड्दै गर्दा नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एउटै हो भन्ने बयलगाडाको सिद्धान्त बोकेका केपी ओलीले सत्तामा रहँदा शक्ति र कानुनको दुरुपयोग गरेको समेत स्मरण गराउनुभयो । सत्ता र कानुनको दुरुपयोग गरेर ओलीले एमाले कब्जा गरेका कारण अहिले नेकपा एमाले नभएर ओली एमाले भएको दाहालको तर्क छ । “ओलीले जनताको अधिकार समेत खारेज गर्न खोजेर सिंगो संघियता भंग गर्दै माथि देखी तलसम्म जनविरोधी पार्टी बनाएका छन्” दाहालले भन्नुभयो ।

    गाँस, बास र कपास मानिसको मुख्य समस्या रहेकाले गठबन्धन सरकारले अबको ५ बर्षमा कुनै गुनासो नरहने गरि काम गरेर देखाउँनेमा आफू प्रतिबद्ध रहेको वहाँको भनाई छ । संविधान विरोधी एमालेलाई भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै रहेको भन्दै दाहालले अवको पाँच वर्ष बाम–लोकतान्त्रिक गठबन्धनलाई देश र जनताको पक्षमा काम गर्ने अवसर दिन सवैलाई आग्रह गर्नुभयो । विकास र समृद्धीको नेतृत्व चाहने सम्पूर्ण जनताहरु एकतावद्ध भएर परिवर्तनका लागि मंसिर ४ गते बाम–लोकतान्त्रिक गठबन्धनलाई आफ्नो अमूल्य मतको साथ बिजयी गराउन दाहालले सबैलाई अपिल गर्नुभएको छ ।