• कात्तिक ४, सिन्धुली/नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेद्वार श्याम घिमिरेले निर्वाचन पछि तीन तहको सरकार नै गठबन्धनको हुने वताउनुभयो ।
    शुक्रवार(आज) दुधौलीमा आयोजित चुनावी भेटघाट कार्यक्रममा घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनले स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार निर्माण गरिसकेको र आसन्न मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि प्रदेश र संघीय सरकार गठबन्धनको नै बन्ने बताउनुभयो । कार्यक्रममा नेता घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनको पाँच बर्ष स्थायि सरकार बन्नेर देशमा राजनीतिक स्थायित्व र दिगो विकास हुने वताउनु भयो ।
    कार्यक्रममा नेता घिमिरेले जनताले संघर्ष गरेर संविधान सभा मार्फत बनेको संविधान रक्षा गर्न अग्रगामी पक्षहरुको गठबन्धन भएर अघि बढेकोले प्रतिगामीहरुको अन्त्य नभए सम्म गठबन्धन नटुट्ने वताउनुभयो । ‘यो गठबन्धनले आगामी पाँच वर्ष स्थायि सरकार चलाउनै पर्छ, विकासको ढोका खोल्नै पर्छ, जनताको समस्या समाधान गर्न पर्छ, म नेपाली काँग्रेसको केन्द्रिय सदस्य हुँ, मैले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेलिरहेको छु, नेपाली काँग्रसलाई यो पाँच वर्ष गठबन्धनलाई टिकाएर लैजाने भुमिका खेल्ने छु र विकास निर्माणको ढोका खोल्ने प्रतिवद्धता पनि जनाउँदछु’ नेता घिमिरेले भन्नुभयो ।
    कार्यक्रममा नेपाली काँग्रेसका नेता उज्वल प्रसाद बराल, नेकपा (एकिकृत समाजवादी)का पोलिटव्युरो सदस्य गंगा प्रसाद नेपाल, बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रसदेश सभा १(१) का साझा उम्मेद्वार तथा नेकपा (माओवादी केन्द्र) नेता मात्रिका भट्टराई, माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वारहरु दिलबहादुर वि.क., प्रदेश सभाका समानुपातिक उम्मेद्वार सुस्पा भुजेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।