• असोज २९, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का केन्द्रिय अनुशासन आयोगका सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचाल समिति निर्वाचन क्षेत्र नं. २ का संयोजक बुद्धिमान माझी (बसन्त)ले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारको सिन्धुलीमा सानदार जित हुने वताउनुभयो ।
    शनिवार मरिणमा सम्पन्न गठबन्धनको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता माझीले देशैभर बाम लोकतान्त्रिक गठबन्धनले जित्ने बताउदै सिन्धुलीमा पनि सानदार ढंगबाट गठबन्धनका साझा उम्मेद्वारले जित्ने वताउनुभयो । कार्यक्रममा बोल्र्द नेता माझीले भन्नुभयो, “सिन्धुलीमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारले सानदारढंगबाट जित्ने छ, त्यसमा पनि निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा र दुवै प्रदेश सभामा दुइतिहाई मत सहित जित्ने छ ।”
    निर्वाचन क्षेत्र नं. २ मा जम्मा ३८ ओटा वडा मध्य स्थानीय तह निर्वाचनमा २९ वटा वडामा गठबन्धन दलले नै जितेको र धेरै वडाहरुमा अत्याधिक प्रतिस्पर्धामा दोस्रो भएकोले आगमी निर्वाचनमा दुइतिहाई मत सहित निर्वाचन क्षेत्र नं. २ र दुवै प्रदेश जित्ने नेता माझीले दावी गर्नु भयो । उहाँले भन्नुभयो, “यस निर्वाचन क्षेत्रमा दुइतिहाई मत ल्याउछौं, त्यसमा पनि निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ मा ८० प्रतिशत भन्दा वढी मत ल्याएर जित्छौं ।”
    हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका रहेको यस प्रदेश निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडामा तीन ओटै पार्टी प्रतिस्पर्धा गर्दा १६ वटा वडा माओवादी केन्द्रले जितेको छ भने एउटा वडा नेपाली काँग्रेसले जितेको थियो । झिनो मतले नेकपा एमालेले ३ ओटा वडा जितेको थियो । माओवादी केन्द्रले हारेको वडाहरुमा पनि सबै वडाहरुमा दोस्रो भएको छ । यो हिसावले पनि गठबन्धनलाई यो प्रदेश निर्वाचन क्षेत्र अत्यन्त सुरक्षित स्थान हो ।