• असोज ११, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क सुपानेट झुल बितरण सुरुवात गरेको छ । मंगलवार मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रमका बिच माहामारीको रुपमा फैलिरहेको डेंगो रोगबाट बच्नको लागि गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क सुपानेट झुल बितरण गर्न सुरु गरिएको हो ।
    मरिण गाउँपालिकाको ७ लाख बजेटमा ८ सय जना गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क शुपानेट झुल बितरण गर्ने उदेश्य अनुसार कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क सुपानेट झुल बितरण गर्न सुरु गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउनु भयो ।
    उहाँले भन्न्ुाभयो “जसरी शिशु जन्माएर स्याहार गर्ने आमाको कर्तव्य हुन्छ । मरिण सरकार मरिणका जनताको अभिभावक भएकाले त्यसरी नै सिङ्गो मरिणका जनताको स्वास्थ्यको हेरबिचार गर्ने जिम्मा मरिण सरकारको हुन्छ । त्यसैले डेंगो रोग बाट बच्नको लागी निशुल्क झुल बितरण गरिएको हो ।” सिन्धुली जिल्लामा डेंगो रोगले माहामारीकै रुप लिएकाले गर्भवती र सुत्केरी महिलाहरु अरु ब्यक्ति भन्दा संवेनशिल तथा रोग संग लड्ने क्षमता न्युन हुने भएकाले निशुल्क झुुल बितरण गरिएको अध्यक्ष मोक्तानले बताउनु भयो । मरिण गाउँपालिकाको सम्पुर्ण स्थास्थ्य चौकि बाट झुल बितरण गरिने जनाइएको छ ।