• भाद्र २६, सिन्धुली । दिपज्योति साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभाबाट अध्यक्षमा राजन गाउँले सर्वसम्मत चयन हुनुभएको छ । शनिबार कमलामाई न.पा.–५, संगमचोकमा भएको सम्पन्न संस्थाको ११ औं वार्षिक साधरण सभाबाट गाउँले अध्यक्षतामा ११ सदसीय कार्यसमिति सर्वसम्मत चयन हुनु भएका हुन ।
    कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साधरण सभामा गाउँलेको अध्यक्षतामा ११ सदसीय संचालक समिति, दिर्घनारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय ऋण समिति र प्रेमनारायाण भण्डारीको संयोकत्वमा तिन सदस्यीय लेखा समिति सर्वसम्म चयन गरिएको हो । गाउँले उक्त सहकारी संस्थाका संस्थापक सचिव हुन । यस अघि गाउँलेले उपाध्यक्षमा रहेर दुई कार्यकाल काम गरिसक्नु भएको छ ।
    संस्थाको उपाध्यक्षमा दिर्घनारायण श्रेष्ठ, सचिवमा बलबहादुर विक ‘दिपक’, सहचिवमा सन्तोष सार्की, कोषाध्यक्षमा सर्मिला श्रेष्ठ चयन हुनुभएको छ ।
    यस्तै सदस्यहरुमा अक्कल बहादुर राना, सिता विक, तिलकुमारी गुरुङ, शेरबहादुर थापा मगर, नारायाण बहादुर सारु र डोरमायाँ श्रेष्ठ चयन हुनुभएको छ ।
    यस्तै संस्थाको लेखा समितिमा भण्डारीको संयोजकत्वमा जया श्रेष्ठ र कृष्ण खड्का सदस्यमा चयन हुनु भएको छ भने ऋण समिति संयोजकमा श्रेष्ठ तथा सदस्यहरुमा सन्तमायाँ श्रेष्ठ र हरिमायाँ विक चयन हुनु भएको छ ।
    साधरण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी तथा वडा अध्यक्ष खड्काले दिपज्योति सहकारी संस्थाले किसानहरुले व्यवसायीक बनाएको चर्चा गर्दै अझै व्यवस्थित बनाउन सहकारीहरु मर्जर गरेर अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।
    नगरले समेत सहकारीहरुको मर्जर अबधारणा अघि सारेकाले उपयुक्त सहकारीहरुलाइ एकता गरेर अघि बढे थप कामहरु गर्न र लगानी गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले सहकारी संस्थाको विकास लागि आवश्यक पर्ने सहयोगका लागि आफु संधै तयार रहेको स्पष्ट पार्नु भयो ।
    सहकारी संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, नेपाल अदिवासी जनजाती महासंघका अध्यक्ष तथा दिपज्योति साना किसान सहकारी संस्थाका संस्थापक अध्यक्ष लुतबहादुर गुरुङ, कमला जनज्योति मावि सिलामेका अध्यक्ष भक्तनारायण श्रेष्ठ लगायतले सहकारीका सम्बन्धमा आफ्ना धारणा सहित शुभकामना मनतव्य राख्नु भएको थियो ।
    साधरण सभामा संस्थाका कोषाध्यक्ष यमकुमारी श्रेष्ठले ६१ लाख रुपैयाँ बराबरको आयव्यय विवरण पेश गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव बलबहादुर विकले गर्नुभएको थियो ।