• सिन्धुली/बुद्धको शालिक निर्माणको लागि मरिण गाउँपालिकालाई ४ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराउने भएको छ । मरिण गाउँपालिका वडा नं. ६ देउरालीमा भगवन बुद्धको मुर्ति निर्माणको लागि स्वर्गीय पिता भुपाल सिं थिङको सम्झनामा छोरा सुकलाल थिङले गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराउने भएको हो ।
    बुद्धको शालिक निर्माणको लागी मरिण गाउँपालिकालाई ४ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउने गाउँपालिका र थिङवीच सम्झौता भएको छ । मरिण गाउँपालिका वडा नम्बर ६ स्थित देउरालीमा बुद्धको शालिक निर्माणको लागि मरिण गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ मा २० लाख बजेट बिनियोजन गरेको थियो । हाल बुद्धको शालिक निर्माणको अन्तिम चरणमा रहेको छ ।
    आज सोहि जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउने मरिण गाउँपालिका र सकुलाल थिङबिच सम्झौता भएको हो । स्वर्गिय पिता भुपाल सिं थिङको सम्झनामा छोरा सकुलाल थिङले सो जमिन मरिण गाउँपालिकाको नाममा जेठ ३० गते रजिष्ट्रेशन गर्ने, मरिण गाउँपालिकाले जग्गादातालाई धन्यवाद ज्ञापन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।