• सिन्धुली/नेपाली काँग्रेस दुधौली नगर क्षेत्रका प्रभावशाली नेता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नेपाली काङग्रेसका पुर्ब क्षेत्रिय सह–सचिव ठाकुर प्रसाद दाहाल नेपाल कम्युनिष्ट पार्टि(माओबादी केन्द्र) मा प्रबेश गुर्नभएको हो ।
    २५ वर्ष नेपाली काङ्ग्रेसमा क्रियाशिल दाहाललाई आज माओवादी पार्टी कार्यालय सिन्धुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी इन्चार्ज तथा केन्द्रिय सदस्य लेखनाथ दाहाल (राजन) र माओबादी केन्द्रका बागमति प्रदेशका सल्लाहाकार सदस्य बिशम्बर लामीछानेले दाहाललाई अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नु भयो ।
    दुधौलि नगरपालिका २ भलुवहिका दाहाल दुधौली क्षेत्रमा निक्कै प्रभावशाली नेता हुन् । दाहाल नेपाली काङ्ग्रेसको १४ ओैँ जिल्ला अबिधवेशमा जिल्ला सचिव पदको प्रत्यासी उमेदवार हुन् । लामो समय नेपाली काङ्ग्रेस पार्टिमा राजनिति गरीरहेका दाहालले माओबादी केन्द्रको सिद्धान्त, बिचार र राजनितिक गतिबिधि जनताको हितमा रहेकाले बिना सर्त माओबादीमा प्रबेश गरेको बताउनु भयो ।
    उहाँले भन्नुभयो ‘माओबादी केन्द्रको राजनितिक गतिबिधि,बिचार र सिद्धान्तबाट प्रभावित भएर म आफ्नो इच्छाले काङ्ग्रेस परित्याग गरी माओबादीमा प्रबेश गरेका हुँ । माओबादी पार्टीमा कुनै सर्त लिएर प्रबेश गरको होइन । यो पार्टीमा रहेर बिना सर्त जनताको सेवा गर्नछु ।’
    हाल जिल्लामा बिभिन्न पार्टि परित्याग गरी माओबादीमा प्रबेश गर्नको लहर नै चलेको छ । दाहाललाई स्वागत गर्नुहुँदै माओबादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले जनताको इच्छा, आकाङ्क्षा जसले पुरा गर्छ त्यो नै असल नेतृत्वकर्ता बन्ने बताउनु भयो । असल नेतृत्व जनताले नै छान्ने भएकाले असल नेतृत्व गर्न आग्रह गर्नुभयो । दाहाललाई इक्छा,शक्तिको आधारमा पार्टिमा जिम्मेवारी प्रदान गरीने उहाँले बताउनु भयो ।