
-
सिन्धुली, २८ फाल्गुण
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला समिति, सिन्धुलीको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पूनः राजकुमार गोले सर्वसमत निर्वाचित हुनु भएको छ ।
शनिवार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) केन्द्रिय उपाध्यक्ष अम्बादत्त भट्टको प्रमुख आथित्यता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज, बागमती प्रदेश सांसद लेखनाथ दाहाल (राजन)को विशेष आथित्यतामा सम्पन्न अधिवेशनबाट गोलेको नेतृत्वमा १५ सदसीय कार्यसमिति सर्वसमत निर्वाचित हुनुभएको हो ।
कार्यसमितिको उपाध्यक्षमा इन्दिरा थापा, लोकेन्द्र कार्की, विनित कुमार ओझा सचिवमा राजभाई थापा मगर, सह–सचिवमा शिवराज रेग्मी र कोषाध्यक्षमा शेषराज गोले सर्वसहमत निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष गोलेले जानकारी दिनु भयो । सदस्यहरुमा दिपेन्द्र खड्का, सावित्रा रेग्मी, हेमराज बराईली, कुलध्वज बम्जन, प्रकाश नेपाली, मोहन मगर र रविन योन्जन सर्वसहमत निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अथिति भट्टले निजामती कर्मचारीको सदस्या समाधान संघीय निजामती ऐन ल्याएर मात्र सम्भव भएको वताउनु भयो । कार्यक्रममा उपाध्यक्ष भट्टले संघीय निजामती कानुन निर्माण भयो भने प्रदेश निजामती कानुन बनाउन बाटो खुल्ने र स्थानीय कर्मचारी ऐन पनि बन्ने र संघीयताको पूर्ण कार्यन्वयन हुने हुँदा संघीयता कार्यन्वयन गर्न नदिन प्रतिकृयावादीहरुले संघीय निजामती ऐन ल्याउन रोकेको वताउनु भयो ।
जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज, बागमती प्रदेश सांसद दाहालले नेकपा माओवादी केन्द्रको कुशल नेतृत्वका कारण नै साम्राज्यवादी अमेरिका घोडा टेक्क बाध्य भएको वताउनु भयो । एमसिसिमा रहेका राष्ट्रघाती प्रावधानलाई लेटरअफ एक्चेन गरेर ११ वुदे ब्याख्यात्मक घोषणा मान्न बाध्य वनाएर अमेरिकालाई घोडा टेकाउन सफल भएको दाहालले वताउनु भयो ।
संगठनले आजबाट नै निशुल्क लोकसेवा तयारी कक्षाको समेत उद्घाटन गरेको छ । लोकसेवा तयारी कक्षामा २५ जना विद्यार्थीहरुको सहभागिता रहेको अध्यक्ष गोलेले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९
-
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत
मङ्लबार, असार ७, २०७९
-
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९ -
प्रेस सेन्टर नेपालले बुझायो सबै पालिकामा ज्ञापन..
सोमवार, असार ६, २०७९ -
मरिण गाउँपालिकाको नीति तथा कार्यक्रममा उच्च शिक्षा..
मङ्लबार, असार ७, २०७९ -
प्रेस सेन्टरले बुझायो मरिण र हरिहरपुरगढीलाई ज्ञापन..
शुक्रबार, असार ३, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९