• फागुन १२, सिन्धुली/विपी राजमार्ग अन्तर्गत सिन्धुलीको राम्माडीमा आज मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एकजना गम्भिर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।

    दिउँसो करिब १ बजे विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–६ राम्माडीमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा १ जना गम्भिर र दुई जना सामान्य घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुलीका अनुसार सिन्धुलीमाडीबाट ढुङ्ग्रेबास तर्फ जाँदै गरेको ज ८ प ४३३४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट बजारतर्फ आउँदै गरेको प्र.२–०४–००१, प००६२ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामापरी स्कुटर चालक शुशिल श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमान्डौ लगिएको जनाइएको छ ।

    त्यस्तै मोटरसाइकल चालक सुदर्शन थापा र मोटरसाइकलमा पछाडि सवार तीनपाटनका १८ बर्षिय मनिष स्याङ्तान सामान्य घाइते भएका छन् । घाइते दुबैजनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाले जानकारी दिनुभयो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।