-
सिन्धुली/तेजाब आक्रमण लगाएतका जलन पिडितहरुको सेवामा सक्रिय रहनुभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियन्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमकावीच अभिनन्दन गरिएको हो ।
सिन्धुली पुर्ख्यौली घर भई सामाजिक सेवामा अनवरत रुपमा क्रियाशील रहँदै आउनुभएका थापा पछिल्लो समय तेजाब लगायतका जलन पीडितहरुको सेवामा सक्रिय हुनुहुन्छ । अभियन्ता थापाको विशेष पहलमा सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नुभयो । फलस्वरुप सरकारले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७८’ ल्याएको छ । जुन ऐन संसदबाट पास भइसकेको छ ।
गरिब, पीडित र असहायका लागि थापाले उठाउनु भएको आवाजलाई र सिन्धुलीबासी तथा समग्र नेपाली नागरिकको स्वास्थ्योपचारका लागि पुर्याउनुभएको योगदानका साथै अन्य सामाजिक सेवाको प्रशंसा गर्दै फोनिज सिन्धुलीले अभिनन्दन गरेको हो ।
थापाले भुकम्प पिडितलाई ५ सय ७६ ओटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण समेत गर्नुभएको थियो । थापाले लामो समय देखि तेजाव पिडितहरुलाई सहयोग गर्दै आईरहनु भएको छ । थापाले एकल सहयोगमा १८ वर्ष मुनिका बालबालिकालाई सुस्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिका अध्यक्ष डण्ड गुरुङले थापालाई अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरुङले थापाको एकल समाजसेवाले राज्य झुक्न बाध्य भएको वताउनुभयो । सेवाको क्याम्पिएनले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७८ ल्याउन सफल भएको वताउनुभयो । “यहि कानुन ल्याउन अन्य अधिकारकर्मी वा अभियानकर्मीले ल्याउनु पर्ने भएको भए लाखौं खर्चिएर क्यापिएन गर्नुपर्नुे थियो तर थापाको एकल पहलमा उपचारमा सहयोग गरेर नै क्यापिएन चलाउनुभयो र राज्य बाध्य भएर ऐन ल्यायो,” अध्यक्ष गुरुङले भन्नु भयो ।
News Desk 0 response आइतवार, माघ २, २०७८
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता तथा समाजसेवी थापाले काम गर्न एकजना मान्छे भए हुने, हल्ला गर्न मात्र भिड चाहिने वताउनुभयो । थापाले कानुन आए पनि कानुनमा त्रुटि भएका कारण अझै पनि अभियान जारी राख्नुपर्ने बाध्यता रहेको वताउनुभयो । । तेजाव बाहेकका अन्य जलनका पिडितलाई राज्यले उपचार खर्च नदिए सम्म जलन पिडितलाई निःशुल्क उपचार गरिरहने थापाको भनाई छ । । “अपराध भन्ने कुरा चोट हेरेर वा समाग्रि हेरेर सजाय दिने कुरा होईन, त्यो अपराधिको सोच हेरेर सजाय दिने हो, त्यसर्थ तेजावले जलेका मात्र होईन अन्य पदार्थले जलेका पिडितलाई राज्यले निशुल्क उपचर जवसम्म दिदैन तबसम्म अभियान जारी रहन्छ,” अभियन्ता थापाले भन्नुभयो ।
फोनिज सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङको अध्यक्षतामा भएको अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सचिव राजन गाउँले, नेपाल पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति सिन्धुलीका सचिव इन्द्रबहादुर भुजेलले मन्तव्य राख्नु भएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८