• सिन्धुली/कमलामाइ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काले २९ जना न्युन आर्थिक स्तर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान गर्नु भएको छ वडाअध्यक्ष खड्काले कमला जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २९ जना न्युन आर्थिक स्तर भएका बिद्यार्थिहरुलाई स्टेसनरि सामाग्री बितरण गर्नुभएको हो ।
    वडा अध्यक्ष खड्काले आफ्नै ब्यक्तिगत लगानिमा २९ बिद्यार्थिहरुलाई १ बर्षभरि पुग्नेगरि शैक्षिक सामाग्री प्रदान गर्नु भएकोछ । उहाँले आज बिद्यालयमा एक औपचारिक कार्यक्रमका बिच बिद्यार्थिहरुलाइृ सहयोग प्रदान गर्नुभयो हो ।
    कमला जनज्योति माध्यमिक बिद्यालयबाट अध्यक्ष खड्काले प्राथमिक शिक्षा हासिल गर्नुभएको हो । उच्च भबिश्यको सपना बोकेर अध्ययन गर्ने आएका बिद्यार्थी कपि, कलम, स्कुलको पोसाक खरिद गर्न नसकेर पढाई छोड्नु पर्ने बिद्यार्थीहरूको लागि आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष खड्काले बताउनु भयो ।
    बिद्यार्थीले बोकेको सपना पुरा गर्नको लागि आफुले जस्तोसुकै भुमिका खेल्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । कपि र कलम पाएपछि सिलामेका बिद्यार्थि मख्ख परेका छन् । अब सधेैँ बिद्यालय आउछु, रामा्रे सँग पढ्छु भन्नुहुन्छ सोहि बिद्यालयका एक बिद्यार्थि ।
    बिद्यार्थिहरुलाई बिद्यालय आउनका लागि प्रोत्साहन मिलोस भन्ने उदेश्यले पनि बिद्यार्थीहरुलाई सहयोग गरेको खड्काको भनाई रहेको छ ।
    कमला स्याङ्बा घरको पारिवारिक अबस्था कमजोर भएकाले अध्ययन स्थगित गरेर घर बस्नुभएको थियो । कमल अहिले कक्षा ६ मा भर्ना हुनु भएको छ । उहाँको अध्ययनका लागि बिद्यालयको पोसाक अध्यक्ष खड्का सहित अन्यले जिम्मा लिनुभएको छ । आज बिद्यालयको पोसाक र स्टेसनरिको सामाग्री पाएपछि कमलाको अनुहारमा पुन खुसि छाएको छ ।
    वडा अध्यक्ष तथा समाजसेबि खड्काले बिद्यालय लाई आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस अघि पनि वडा अध्यक्ष खड्काले जनज्योती फास्रेटारका ५१ जना बिद्यार्थिलाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
    बिद्यार्थिको उच्च भबिष्यको लागि वडा अध्यक्ष खड्काको साहसि कार्यलाई कमला जनज्योति माध्यमिक बिद्यालय सिलामेका प्रधानाध्यापक बिष्णु प्रसाद फुयालले धन्यवाद ब्यक्त गर्नुभएको छ ।