-
मखमली र सयपत्री ढकमक्क फूल
झुलिरहेछ बगैँचाभरी
हरेक दुःख भुलाउने यी फूल हेर्दा पनि
किन आज यो मन जलिरहेछ
फूलको स्पर्शले भावविह्वल पो बनाउँछ
ती फूलका थुङ्गा सँगै
म तिम्रो खुसी र दिर्घायुको कामना गर्दै माला उन्थें
ढकमक्क फुल सँगै
म तिम्रा र मेरा आत्मिय पलहरूका सपना सजाउँथें
र भाइटिकामा म तिम्रो गलामा सजाउँथे ।मेरा मनहरू
लक्ष्मीपुजामा झिलिमिलि बत्ती सँगै
मादल र गितको तालमा नाच्ने भैलीनीहरूको
मिठो आशिषले यो मन फुरुङ्ग हुन्थ्यो
आज सबका मनहरू टुटेका छन्
कतिका उमङ्गहरू दुर दराजमा छुटेका छन्
कति दाजुभाइ दिदी बहिनी आईसोलेसनमा छन्
अझ भनौं तिहारका खुसीहरू आईसोलेसनमा छन्
बढिरहेछ केवल अत्यास मात्र
हरमनहरूमा सन्त्रासको भेल बगिरहेछ
साथीहरू छुटेका छन आधा बाटोमै
त्यसैले म तिमीलाई शुभकामना दिईरहेछु
आँसुको भेल पुच्छ्दै कोरोना अन्त्यष्टिको कामना गरिरहेछु ।तिम्रो रक्षार्थ कामना गर्दै ढोकामा फोर्ने ओखरहरू
कहिल्यै नसुक्ने मायाका तेल धाराहरू
कहिल्यै नओईलिने मखमली मालाहरू
म कल्पिरहेको छु
सप्तरङ्गी टीका सँगै तिम्रा रंगिन खुसीहरू
कामना गरिरहेछु तिम्रो दिर्घायुको
र उत्साह, उमङ्ग चारैतिर फैलाउँदै
आउनेछन् आगामी तिहारहरू
यसपालिको तिहार यस्तै भयो
फेरी पनि आउनेछ त्यहि तिहार
र ल्याउनेछ उहि उमंग बोकेर
कस्नेछ आशिर्वादको पोकोभित्र ‘भाइटिका ।’- सीर्जना पोखरेल
मन्थली १, रामेछाप
- सीर्जना पोखरेल
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८