• काठमाण्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा सो संख्याका संक्रमित पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको संख्या बिहीबारसम्म २९ हजार ६ सय ४५ पुगेको छ । ती मध्य १७ हजार ९६४ जना डिस्चार्ज भएर घर फर्किएका छन् । यसैवीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
    बिहिबार एकैदिन नेपालमा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १२६ पुगेको छ ।