-
सिन्धुलीमा वि.सं. २०७३/०७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सन्चालनमा आएको हो । जिल्लाका केहि स्थानीय तहमा यस परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सन्चालन भैरहेका छन् । धेरै किसानहरुलाई परियोजना अन्तर्गतका कार्यक्रमहरुले निकै सहयोग पु¥याईरहेको यथार्थ देख्न सकिन्छ । बेलाबेलामा यो कार्यक्रमलाई कमाई खाने भाँडो भनेर आलोचना पनि हुनेगरेको छ । प्रस्तुत छः परियोजनाको वर्तमान अवस्था र भावि योजनाहरुबारे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सिन्धुलीका बरिष्ठ कृषि अधिकारी देवराज अधिकारीसंग सिन्धुली अपडेट साप्ताहिक तथा सिन्धुली खवर डटकमका लागि गरिएको संक्षिप्त कुराकानी ।
१) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कस्तो किसिमको परियोजना हो ?
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल सरकार कृषि तथा पशु पन्छी विकास मन्त्रालय अन्तर्गतको स्वदेशी सोच, स्वदेशी लगानी र जनशक्तिबाट आर्थिक बर्ष २०७३/७४ देखि कार्यान्वयनमा आएको १० बर्षे परियोजना हो । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने परियोजनाको सोच रहेकोछ। परियोजनाको संभागहरु पकेट, व्लक, जोन र सुपरजोन रहेका छन् । सिन्धुली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने इकाई कार्यालयको रुपमा जुनार जोन कार्यालय वि.सं. २०७३ मा स्थापना भई खनियाखर्क, सिन्धुलीमा संचालनमा रहेको थियो । जुनार खेतीमा संलग्न कृषकहरुमाझ अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै प्रविधि विस्तार गर्ने मुख्य दायित्वका साथ यस कार्यालयको स्थापना भएको हो । सोही कार्यालयको क्षेत्राधिकार बृहत् बनाई यसलाई आ.व. २०७४/७५ बाट जुनार सुपरजोनको रुपमा स्तरोन्नति गरिएको हो । जुनार सुपरजोनको कार्यक्षेत्र सुनकोसी गाउँपालिका ७, मझुवा, कमलामाई नगरपालिका ३, जलकन्या, गोलन्जोर गा.पा. १ देखि ६ सम्म र तिनपाटन गा।पा। ७, तोश्रामखोला रहेका छन्। हाल यस आर्थिक बर्ष २०७७/७८ देखि सिन्धुली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तोकिएका कार्यक्रमहरु कार्यान्वयन गर्ने उद्धेश्यका साथ परियोजना कार्यान्वयन इकाई, सिन्धुलीमाढीमा अवस्थित रहेकोछ। संघिय कृषि मन्त्रालयको कार्यक्रमहरु खासगरि “संरक्षित कृषि, सुनिश्चित बचत”को दीर्घकालिन सोच कार्यान्वयन गर्न तय गरिएको पाँच नीतिगत आधारहरुस् उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवा, सबै बालीवस्तुको बीमा र न्यूनतम बचतको ग्यारण्टी आदीका लागि सहजिकरण गर्ने कृयाकलापहरु रहेका छन् । यसका साथै जुनार सुपरजोन अन्तरगतका कृयाकलापहरु समेत रहेका छन् । कार्यक्रमहरु लागि सम्बन्धित कृषक, जिल्लाका स्थानीय तहहरु साथै सरोकारवाला निकायहरुसंगको साझेदारी र सहकार्यमा कार्यान्वयन गरिने छ ।२) सिन्धुलीमा यो परियोजना सन्चालन भएको कति समय भयो र हालसम्मका उपलव्धिहरुलाई यहाँले कसरी लिनुभएको छ ?
– सिन्धुली जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक बर्ष २०७३/७४ देखि जुनार जोन र आ. व. २०७४/७५ बाट जुनार सुपरजोनको रुपमा संचालनमा रहेकोछ । परियोजनाले मुख्य रुपमा बिगत देखि हाल सम्म जुनार सुपरजोनले आफ्ना कार्यक्रम मार्फत नर्सरीधनीहरुलाई रोगकीरा मुक्त गुणस्तरिय बिरुवाहरु उत्पादन गर्न जालीघर तथा स्कृनहाउस निर्माणमा सहयोग, प्राविधिक सेवा र सिकाई केन्द्रको रुपमा स्थलगत तालिम जुनार सहजकर्ता पाठशाला संचालन गरिएको, बिगत ५/७ बर्षयता जुनारमा देखा परेको फलमा औँसा पार्ने कीराको प्रभावकारी व्यवस्थापनका लागि जुनार सुपरजोन संचालक समितिको व्यवस्थापकिय नेतृत्वमा कृषकहरुबाट साझेदारी रकम संकलन गरि कार्यलयको प्राबिधिक सेवामा क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम संचालन गरि कीरा संक्रमणबाट फल जोगाईएकोछ । जुनार बालीको सिंचाई र मलखाद व्यवस्थापनका लागि साना सिंचाई र भकारो सुधार कार्यक्रमहरु संचालन भएकाछन् । यान्त्रिकरण सहयोगका लागि जुनार सुपरजोन क्षेत्रभित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा जुनार खेतीको लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरणहरु जस्तै मिनिटिलर, सिकेचर, आरो, फल टिप्ने कैची, स्प्रेयर, फल जोख्ने काँटा, जुस पेल्ने मेसिन आदी बितरण गरिएको थियो भने सिन्धुली जिल्लामा रहेका ३ वटा लघु प्रशोधन उद्योगहरुलाई विभिन्न उपकरणहरु सहयोग गरिएको, बजारिकरणको लागि पोष्ट हार्भेष्ट सेन्टर मार्फत सिन्धुलीको जुनार लेखिएको कार्टुनहरु तयार गरिएको थियो साथै सिन्धुलीको जुनार अङ्कित प्याकेजिङ्ग झोला तयार गरि बितरण गरिएको र एग्रोमार्ट निर्माण र संचालनका लागि जिल्ला जुनार उत्पादक सहकारी संघलाई सहयोग गरि जुनारको प्रशोधन तथा बजारिकरणमा सहजिकरण गरिएको छ । आ. व. २०७५/७६ देखि कार्यालयले जुनार कृषक परिचयपत्रलाई कार्यान्वयनमा ल्याएको छ । स्थानीय वडाबाट प्रमाणित यस कार्डमा कृषकको सुन्तलाजात फलफूलको सही विवरण प्राप्त गर्ने माध्यम बनेको छ । हाल यस सम्बन्धि सफ्टवेयर संचालनमा रहेकोछ जसमा कुल २०५१ जना कृषकहरुको बिवरण समावेशछ ।
विगत ५/६ बर्षयता जुनार फलमा औंसा कीराको समस्याले उत्पादनमा क्षति पुर्याएकोमा यसको व्यवस्थापनका लागि बि.सं. २०७५ सालमा परीक्षणको रुपमा अबलम्वन गरिएको चिनिया प्रबिधिमा आधारित क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम प्रभावकारी पाईएको थियो । यही प्रबिधि अनुसार बि.सं. २०७६ सालमा व्यापक रुपमा प्रोटिन बेट स्प्रे गरिएकोमा उत्साहजनक नतिजा पाईएको छ । यध्यपी ससाना देखि ठूला, छरिएका बगैचाहरु साथै प्रबिधि अनुसरणमा सबैको सहभागिता चुनौतीको रुपमा रहेको छ । यसर्थ ठुला–ठुला क्षेत्रमा एउटै व्यवसायी लगानीकर्ता आवश्यक पुर्वाधारहरुका साथ लगानी गरि जुनार उत्पादन व्यवसायमा लागेमा प्रबिधि अबलम्बनमा सहजता भई उत्पादन बढाउन सकिन्छ ।३) परियोजना सुरु गर्दा लिएका उद्देश्य र प्राप्त उपलव्धिहरूबीच यहाँको मूल्यांकन कस्तो छ ?
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको एक महत्वपूर्ण संभाग सुपरजोनको उद्धेश्य तोकिएको बालीको उत्पादन र उत्पादकत्व बृद्धि गरि उद्योग संचालन गर्नु रहेकोछ । सिन्धुली जिल्लाको जुनार बालीको सन्दर्भमा स्थानीय तथा राष्ट्रिय बजारमा जुनारको ताजा फलको उच्च माग रहेको र यथेष्ट उत्पादन नभैरहेको अवस्थाछ । यसर्थ जुनार खेतीको क्षेत्र विस्तार गरि उत्पादन बढाउने साथै बगैचाको उचित व्यवस्थापन साथै रोग कीराबाट जोगाएर उत्पादकत्व बृद्धि गर्नु पर्ने आवश्यकता रहेकोछ । क्षेत्र विस्तारका लागि आवश्यक गुणस्तरिय विरुवाहरु उत्पादन गर्न स्क्रिन हाउस पुर्वाधार निर्माणमा सहयोग गरिएकोछ। हाल जुनारबालीको उत्पादनशिल क्षेत्रफल न्यून रहेकाले समयमै क्षेत्रविस्तार गरेर उत्पादन बढाउन सके मात्र परियोजनाको उद्धेश्य अनुसारको उपलब्धि पुर्ण रुपमा हासिल गर्न सकिन्छ।वर्तमान समयमा आन्तरिक एवं बाह्य बजार र उपभोक्ताको उच्च माग रहेको सुन्तलाजात फलफूलको उत्पादन बृद्धि गर्नका लागि क्षेत्र विस्तार साथै उन्नत प्रबिधिको प्रयोग गरि उत्पादकत्व अभिबृद्धि गर्नु पर्ने आवश्यकता रहेकोछ । जुनारको उत्पादन बृद्धिका लागि गुणस्तरिय विरुवा उत्पादन गर्न स्क्रिन हाउस, बगैचा व्यवस्थापनका लागि प्राबिधिक ज्ञान, सीपको सेवा, रोग कीरा व्यवस्थापन सहयोगका कार्यक्रमहरु संचालनमा रहेका छन् ।४) परियोजना अन्तरगत किसानले सेवा प्राप्त गर्ने प्रकृयाहरु कस्ता छन् ?
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लाभग्राहीहरु जिल्लाको तोकिएका कार्यक्षेत्रका सुचिकृत कृषक समूह, सहकारी साथै कृषि उद्यमी/फर्महरुबाट कार्यक्रम कार्यान्वयनको लागि कार्यक्रमको मागको सुचना अनुसार प्राप्त आवेदनहरुलाई प्राबिधिक अनुगमनको आधारमा मुल्यांकन गरि छनौट र कार्य सम्पादन पश्चात् स्थानीय वडा कार्यालय र समितिको सिफारिसको आधारमा रकम भुक्तानी गरिने गरिएकोछ । तसर्थ परियोजनाका साझेदार सुचिकृत कृषक समूह, सहकारी साथै कृषि उद्यमी÷फर्महरु लाभान्वित भएका छन् र उक्त अनुदानबाट सहयोग प्राप्त कृषि व्यवसायमा निरन्तर लागी परि दीगोरुपमा उपलब्धि हासिल ग्रहण गर्न जरुरी रहेकोछ । परियोजनाका कृयाकलापहरुले जुनारको रोग कीरा व्यवस्थापनमा सहयोग गरि जुनारको उत्पादकत्वमा बृद्धि भई जुनार कृषकहरुलाई कमाई गर्न सहजिकरण भएकोछ ।५) परियोजनाले लक्षित वर्गलाई पूर्ण रूपमा समेट्न सकेको छैन भन्ने गुनासाहरुप्रति यहाँको धारणा के छ ?
– परियोजनाको कार्यक्रमहरुमा समावेश हुनका लागि सम्बन्धित कृषकहरु समूह सहकारीमा आवद्ध हुने या व्यवसायिक फर्म दर्ता गरि नियमानुसार सुचिकृत हुनु पर्ने कार्यबिधि रहेको छ । साथै लाभग्राहीहरुले साझेदारी रकम लगानी गर्नु पर्ने हुन्छ । केही लक्षित कृषकहरु सुचिकृतको प्रक्रियामा नआउनु भएका र साझेदारी रकम जुटाउन नसक्दा लाभ लिन नसकिरहेको हुन सक्दछ। कार्यक्रम कार्यान्वयनको नीति र कार्यबिधिहरुले गर्दा प्रक्रियागत रुपमा पुरा गर्नु पर्ने कागजपत्रहरुको आधारमा मात्र अनुदान सहयोग प्रबाह हुने हुदाँ कृषकहरुलाई झन्झट भएको हुन सक्दछ । तसर्थ कृषक बर्गिकरण अनुसार अनुदान प्रवाह गर्न सकेमा निर्बाहमुखि, अर्ध व्यवसायिक र व्यवसायिक सबै कृषकलाई समेट्न सकिएला । यद्यपी परियोजना मार्फत प्राबिधिक सेवा सवै कृषकहरुलाई उपलब्ध भईरहेका छन् ।६) किसानहरुका गुनासा र समस्याह?लाई सम्वोधन गर्न परियोजनाले कस्ता उपायहरु अवलम्वन छ ?
News Desk 0 response मङ्लबार, साउन २०, २०७७
– कृषकका बिभिन्न प्रकारका समस्याहरु हुन्छन् । अनुदान सहयोग र व्यवस्थापकिय पक्षमा परियोजनाको सिमित स्रोत साधनले सबै कृषकहरुलाई समेट्न नसकिने यथार्थ रहेकोछ । बाली व्यवस्थापनका प्राबिधिक पाटोमा प्रत्यक्ष रुपमा कृषकहरुलाई साथै स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकहरुको क्षमता अभिबृद्धि गरि सहयोग गरिएको छ । विगतमा जस्तै स्थानीय तह साथै सरोकारवाला निकायहरुको समन्वय, सहकार्यमा परियोजनाका तोकिएका कृयाकलापहरु सम्पादन गर्ने सोच रहेको छ ।
अन्तमा, सिन्धुली जिल्लाको महाभारत श्रृंखलामा जुनार खेतीको संभावना रहेको छ । आवश्यक पुर्वाधारहरुको विकास गरि व्यापक क्षेत्र विस्तारको आवश्यकता छ । यसका लागि स्थानीय समूह, सहकारी या आन्तरिक वा बाह्य लगानीकर्ताहरुलाई आर्कषण गर्न नीतिगत सहजिकरण गरि स्थानीय सरकारको नेतृत्वमा बृह्यत जुनार बगैचा स्थापना गरि रोजगारी सृजना साथै उत्पादन र आम्दानीमा लाग्नु पर्नेछ । अनि बल्ल उत्पादन बृद्धि गरि आन्तरिक बजारको मागलाई धानेर निर्यातको कल्पना पुरा गर्न सकिएला ।
सम्बन्धित शीर्षकहरु
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको स्मार्टबोर्डबाट प्रत्यक्ष प्रसारण
बुधबार, कार्तिक १४, २०८१-
सिन्धुलीमा देउसीभैलो राति १० बजेसम्म मात्रै खेल्न..
बुधबार, कार्तिक १४, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१
-
सिन्धुलीमा देउसीभैलो राति १० बजेसम्म मात्रै खेल्न..
बुधबार, कार्तिक १४, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१
-
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१