
-
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । एकै दिन ११ हजार ४ सय ५८ जना संक्रमिति थपिएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०७७
दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९९३ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८८४ पुगेको छ ।
भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८२८ जना सङ्क्रमित रहेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
गीता न्यौपानेका दुई मुक्तक
शुक्रबार, साउन २०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९ -
कमलामाई नगरपालिकाको आगामी बजेट करिब १ अर्ब..
शुक्रबार, असार १०, २०७९ -
कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति..
शुक्रबार, असार १०, २०७९ -
सुनकोसी गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत
बिहिबार, असार ९, २०७९ -
ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी
बिहिबार, असार ९, २०७९
-
सेन्चुरी बैंकले गर्यो स्वास्थ्य बीमा बापतको दावी..
सोमवार, साउन ३०, २०७९