• सिन्धुली, १८ जेष्ठ । सिन्धुली अस्पतालबाट पछिल्लो पटक कोरोना परिक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद कुमार पोखरेलका अनुसार पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
    कमलामाई नगरपालिका वडा नं. १४ का २३ वर्षिय पुरुष, सुनकोशी गाउँपालिका वडा नं.३ का २० वर्षकी महिला र सुनकोशी गाउँपालिका वडा नं.२ का २० वर्षिय पुरुषको स्वाब (पिसिआर) परिक्षणका लागि पठाइएको थियो ।
    सिन्धुली अस्पतालले हालसम्म ९७ जनाको पिसिआर परिक्षणका लागि पठाएको र सवैको रिपोर्ट नेगेटिभ आइसकेको अस्पताल श्रोतले जनाएको छ । अहिले अस्पतालमा स्वाब परिक्षणका लागि आवस्यक भिटिएम जम्मा ५ वटा मात्र रहेको र यो पनि आपतकालिन अवस्थाका लागि राखिएको अस्पताल व्यवस्थापन समितिका अधयक्ष प्रल्हाद पोखरेलले जानकारी दिनुभयो ।