• २१ औं शताब्दीमा वर्तमान विश्व उन्नत चरणमा रहेको छ । तर नेपालमा अझै पनि उच्च जाति र तल्लो जातको बिचमा धेरै सक्रिय जातीय विभेद रहेको छ। एक दशक भन्दा बढी भइसक्यो नेपाल हिन्दू राजतन्त्रबाट संघीय गणतन्त्रमा परिणत भएको । तर दलितहरू जसको जातिगत प्रणालीको तल्लो तहमा रहेका छन्, तिनीहरु सबैभन्दा उच्चतम गरीबिमा छन्। तिनीहरूलाई प्रायःधार्मिक स्थानमा जान अस्वीकार गरिन्छ र कम काम गर्ने आशा गरिन्छ। धेरै हिन्दूहरु उच्च जातिका मान्छेहरु भगवानको मुख, हात वा फिलाबाट र दलितहरु खुट्टाबाट उत्पत्ति भएको झूटो भनाइमा विश्वास गर्दछन्। केही “उच्च जाति” हिन्दुहरु दलितलाई छुन पनि गा¥हो मान्छन्।
    अवश्य पनि मूल जाति प्रणालीलाई परम्परागत रूपमा ब्राह्मणवादी हिन्दू वर्ण प्रणालीबाट हस्तान्तरण गरिएको छ, जसमा मानिसहरूलाई उनीहरूको विभाजनको आधारमा चार वर्ण अर्थात् ब्राह्मण, क्षत्रिय, बैश्य र शूद्रमा विभाजन गरिएको थियो। यद्यपि यो प्रणाली विगतको कुनै राम्रो कारणले गर्दा भएको भए पनि पछि साम्राज्यवादी शासक वर्गले जनतामाथि आफ्नो फाइदाको लागि सम्पूर्ण प्रणाली हेरफेर ग¥यो।
    जन्मेको आधारमा मानिसहरूलाई वर्गीकरण गर्ने प्रणाली मौलिक रूपमा गलत छ र कमसेकम वर्तमान समयमा यसको कुनै प्रासंगिकता छैन, जहाँ प्रत्येक व्यक्तिले आफ्नो र आफ्नो सामाजिक ओहोदा कमाउनुपर्दछ र यसलाई आफ्नै राम्रो कार्यहरू द्वारा कायम राख्नु पर्दछ। त्यस सन्दर्भमा नेपाली समाजले कथित “उच्च” र “तल्लो” जातिको आफ्नो परम्परागत विश्वास त्याग्नु पर्दछ । समाजमा अझै पनि व्याप्त “छुवाछूत” जस्ता सामाजिक कुकर्म त्याग्नु पर्छ। जब हामी विदेश जान्छौं मानिसहरूलाई तिनीहरूको नाम र राष्ट्रियताबाट मात्र चिनिन्छन् तर तिनीहरूको जातबाट होईन ।
    यहाँ हाँसउठ्दो कुरा के छ भने दलितभित्र धोबीहरू छन् जसले आफ्नो हातले आफ्नो लुगा धुन्छन् । जुन उच्च जातिले लगाउँछ। हामी त्यस्तो समाजमा बस्छौं जहाँ भोजमा पनि दलितहरुलाई एउटा कुनामा राखिन्छ । किनकि उच्च जातिका मानिसहरूले विश्वास गर्छन् कि जब उनीहरुले खाना र पानी छुन्छन्, पूरै खाना र पानी दुषित हुन्छ। सरस्वती पूजामा पनि उनीहरूलाई छेउमा राखिन्छ । के भगवान उच्च र तल्लो जातको बिचमा भिन्न छन् र ? धेरै माथिल्लो जातका मानिसहरू झूठा भनाइमा विश्वास गर्दछन् कि यदि तल्लो जातको व्यक्तिले भैंसीलाई दूध दोहिरहेको देख्यो भने भैँसीले दूध दिँदैन। कल्पना गर्नुहोस् त दलित हुनु कत्ति कष्टकर छ। अनि तिनीहरूको आत्मविश्वास नि ? दलित यस दुःस्वप्नबाट उम्कन सक्दैनन्। तिनीहरू आवासीय अलगाव, शारीरिक र सामाजिक अलगावको सामना गर्दछन्। त्यसैले तिनीहरू भूमिहीन, पूँजीकम, सम्पत्तिकम, अशिक्षित र गरीब हुन्छन्। तिनीहरू अझै पनि दास जस्तै अवस्थामा बस्नुपरिरहेको यथार्थ अझै ताजै छ ।
    दलित महिला विरुद्ध बलात्कारका घटनाहरु बढी छन्। नेपालमा मौनताको संस्कृति, न्याय प्रणालीमा विश्वासको कमी, केन्द्रीकृत प्रहरी कार्यालयहरू, शिक्षाको अभाव र असुविधाका कारण बलात्कारका घटनाहरू रिपोर्टमा कमै छन्। निर्मला पन्तको परिवारलाई रु १८ लाख दिइयो जबकि मायाको परिवारले केवल छ लाख मात्र पाए । के सबैमा न्याय समान होइन र ? हामी त्यस्तो समुदायमा बस्छौं जहाँ छ वर्षको दलित बच्चा भेदभावको कारण विद्यालय छोड्छ र प्रिन्सिपलले अनुसन्धान नगरी भन्छन् “कुनै पनि विद्यार्थीलाई जातिका कारण दुव्र्यवहार गरिएको छैन ।”
    हामीले एउटा गीत गाउछौँ “मान्छे मान्छे एउटै होनि फरक किन भो ।” तर हामी यसलाई कार्यान्वयन गर्न असफल छौँ। अधिकांश उच्चशिक्षित उच्च जातिका व्यक्तिहरूले पनि यी जातजातिको सवालमा दुई अनुहार देखाए। तर जब छोरीको बिहेको कुरा चल्छ तव उनीहरूले कुन जातिको हो भनेर पहिलो प्रश्न गर्छन्। जातकै कारणले यहाँ हजारौं सम्बन्ध बिच्छेद भएका छन् । जातिलाई हतियार बनाइ स्वार्थ लुटेका छन् । जातिको कारण आफ्नो विचार आफ्नै दिमागमा लुकाएका छन् । जातले नै गर्दा चोखो मायाको हत्या भएको छ । यदि जातीय विभेदलाई हाम्रो समाजबाट हटाइएको थियो भने नवराज बिक जस्ता मान्छेहरू ज्यान गुमाउनु पर्दैनथ्यो । प्रेमले जात खोज्दैन । संंसारमा माया गर्ने र माया पाउने सबैभन्दा भाग्यमानी मानिन्छन्। सामाजिक असुरक्षा र समाजको डर नै अन्तरजातिय प्रेमको प्रमुख बाधक बनेको जस्तो देखिन्छ । शिक्षित व्यक्ति पनि जातिगत विभेदको बिरूद्ध उठ्न सक्दैन। उनीहरूले उही जातिको सम्बन्ध परिवर्तन गर्न सक्दछन् तर उनीहरू आफ्नो परिवार र समाजको विरुद्धमा खडा हुन सक्दैनन्। त्यस्तोमा विभेद कसरी उन्मूलन हुन्छ ?
    यहाँ हजारौं नवराज बिक छन् जसले जातकै कारण आफ्नो प्रेम गुमाएका छन् । जाति दिमागको रोग हो। रगतमा कुनै जाति छैन चाहे त्यो धनी होस् वा गरिब।
    दलित समस्या रातारातमै समाधान हुन सक्दैन। यसको समाधानका लागि दलित समुदाय, सरकार र राजनैतिक दलहरू मिलेर काम गर्नु आवश्यक छ। आउनुहोस् सबै मानिस एकैहुन भन्ने लडाइँमा सामेल होऔँ। कल्पना गर्नुहोस् त, हाम्रो समाज कत्ति राम्रो हुने थियो जब तल्लो र उच्च दुबै जातिका मानिसहरु एक आपसमा भाईचाराको टेबुलमा सामेल भएका होउन्। जातिय भेदभावको यो श्रृंखलालाई तोड्न हामी सबै मिलेर काम गरौं । सँगै संघर्ष गरौं, सँगै खडा होऔं । नयाँ नेपाल निर्माणको अभियान सफल बनाउन जात, रंग र वर्णबाट मुक्त भएर एकतालाई मुल मन्त्र मान्दै अघि बढौँ।