लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी
सिन्धुली/लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सिन्धुलीमाढीमा प्रभातफेरी कार्यक्रम गरीएको छ ।
“लागुऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो खोजौं“ भन्ने नाराको साथ जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा तथा कमलामाई नगरपालिकाको समन्वयमा प्रभातफेरी कार्यक्रम गरीएको हो ।
रेडक्रस भवनबाट सुरु भएको ¥याली कमलामाई नगरपालिका परिसरमा पुगेर समापन भएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखलले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताहरुले लागुऔषध दुरुपयोगविरुद्ध सामूहिक ऐक्यबद्धता व्यक्त गरिएको थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक–विद्यार्थी, विभिन्न कार्यालयका कर्मचारीहरु, पत्रकारहरु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।



