४८ घण्टे आधारभूत मेलमिलाप तालिम समापन

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा संचालन गरिएको ४८ घण्टे आधारभूत मेलमिलाप तालिम समापन भएको छ ।

तालिमको आज एक विशेष समारोह बिच समापन गरिएको हो ।तालिम यहि असारको ३ गते देखि संचालन भएको थियो ।

तालिममा ४८ घण्टा अबधिभर बन्धुराज पौडेलले प्रशिक्षण गराउनुभएको थियो । तालिमा १५ जना भन्दा धेरैको सहभागिता रहेको पालिकाले जानकारी दिएको छ ।

तालिमले समुदायस्तरमा विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी, सहज र पहुँचयोग्य बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

तालिममा मरिण गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक विमला माझीको अध्यक्षतामा भएको कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत मधु लाखे तथा न्यायिक समितिका सदस्यहरूका सक्रिय सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *