किसानको गोठदेखि ओठसम्मको यात्रामा मरिण सरकार
सिन्धुली/गोठमा भैँसी थपिँदा मात्र हैन, फिँज आउनेगरि बाल्टिनमा दूध भरिँदा किसानको ओठमा मुस्कानको उज्यालो चम्किन्छ । दिनभरि गोठमा गरेको दुःख किसानले त्योबेला भुल्छन् जब उनिहरुको श्रम नगदमा परिणत भएर हातमा आइपुग्छ ।
सिन्धुलीको मरिण गाउँपालिका अचेल कृषि र पशुपालनको एउटा जीवन्त पाठशाला बनेको छ । गाउँमै रोजगारी सिर्जना गर्ने र किसानलाई आत्मनिर्भर बनाउने ‘समृद्ध मरिण निर्माण अभियान’ अहिले किसानको गोठ–गोठसम्म पुगेको छ । उत्पादनका आधारमा दूधमा दिइने सिधै प्रोत्साहन अनुदानले स्थानीय किसानको उत्साह मात्र बढाएको छैन, आसा पनि थपिएको छ । मरिण सरकारले कृषि र पशुपालनका क्षेत्रमा गरिरहेको यो ठूलो लगानीले गाउँ गाउँमै समृद्धिको नयाँ जग बसाल्न मद्दत गरिरहेको छ ।
पालिकाले प्रदेश सरकारको सहयोगमा ‘उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम’ सन्चालनमा ल्याएपछि किसानहरुमा स्थानीय सरकारप्रति थप भरोसा थपिएको छ ।
यतिमात्र हैन मरिण गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर हरेक वर्ष बजेट बिनियोजन गरिरहेको छ । मरिणको समृद्धिका लागि शिक्षा, स्वास्थ्य तथा भौतिक निर्माणसंगै कृषि र किसानलाई प्राथमिकतामा राख्दै आएको यस पालिकाले किसान लक्षित प्रभावकारी कार्यक्रमहरु सन्चालन गर्दैआएको छ । संभावित अप्ठ्यारा र चुनौतिका बाबजुद पालिकाले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल सन्तोषजनक रहेको किसानहरु बताउँछन् ।
पालिकाले गत आर्थिक वर्षबाट मात्रै सुरु गरेको दूधमा प्रोत्साहन अनुदान कार्यक्रमको उपलव्धि राम्रो देखिएको छ । यो कार्यक्रमबाट स्थानीय किसानहरु खुसी छन् । पालिकाले प्रदेश सरकारको सहयोगमा ‘उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम’ सन्चालनमा ल्याएपछि किसानहरुमा स्थानीय सरकारप्रति थप भरोसा थपिएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ देखि किसानलाई उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम सुरु गरेको हो । मरिण गाउँपालिका पशु शाखा प्रमुख निता खड्काको अनुसार पालिकाले यस वर्ष पनि उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत स्थानीय कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।
यो कार्यक्रम अन्तर्गत पालिकाले पहिलो वर्ष पालिकाका तीन कूषकहरुलाई अनुदान कार्यक्रममा छनोट गरेको थियो । जसमा बजगाई कूषि तथा पशुपंक्षी फर्मका सञ्चालक सुशिल बजगाँलाई ५७ हजार ८ सय ९५ रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै बहुउद्धेश्य कूषि तथा पशुपालनका सञ्चालक गणेश थापालार्ई २५ हजार ५ रुपैयाँ र मरिण एग्रो अर्गानिक कूषि तथा पशुपन्क्षीका सञ्चालक मानकाजी श्रेष्ठलाई ७२ हजार रुपैयाँ अनुदान विणरण गरीएको थियो ।
बजगाई कूषि तथा पशुपक्षी फर्मका सञ्चालक सुशिल बजागाई संग अहिले १५ वटा दूध दिने उन्नत जातका मुरा भैंसीहरु छन् । त्यसबाट उत्पादित दूधको विक्री वितरणबाट उनले राम्रो आम्दानी समेत लिइरहेका छन् । उनलाई पालिकाले आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशत अनुदानमा तीनवटा उन्नत जातका मुर्रा भैंसीहरु उपलव्ध गराएको थियो । त्यसमा अरु भैँसी आफैँले थपेर उनि व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् ।
खोज्दैजाँदा अरु धेरै यस्ता सफल पशुपालक किसानहरु भेटिन्छन् जसका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको छ । स्थानीय तहको यस्तो सहयोगले कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यावसायिक र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यस्तै मरिण एग्रो अर्गानिक कृषि तथा पशुपंक्षिका सञ्चालक मानकाजी श्रेष्ठले पनि गत वर्ष पालिकाले प्रदान गरेको दूधमा प्रोत्साहन अनुदानबाट ७२ हजार रुपैयाँ पाउँनुभएको थियो । अहिले श्रेष्ठसंग दूध दिने १६ वटा उन्नत जातका मुर्रा भैंसीहरु छन् । व्यावसायिक पशुपालनबाट आफू सन्तुष्ट रहेको श्रेष्ठ बताउँछन् । गत वर्ष पालिकाले दिएको अनुदान पाएका अर्का कृषक हुन् गणेश थापा । थापाको गोठमा अहिले ७ वटा भैैंसीहरु छन् । त्यस भैंसीहरुबाट दिनको ३० देखी ३५ लिटर सम्म दूध उत्पादन हुन्छ । व्यावसायिक पशुपालनमा केही अप्ठ्यारा र चुनौतिहरु रहेपनि स्थानीय सरकारले गरेको सहयोग तथा निगरानीले कृषि तथा पशुपालनतर्फ उत्साह थपिँदैगएको छ ।
मरिणका सुशिल, मानकाजी र गणेश त प्रतिनीधि पात्र मात्र हुन् । खोज्दैजाँदा अरु धेरै यस्ता सफल पशुपालक किसानहरु भेटिन्छन् जसका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको छ । स्थानीय तहको यस्तो सहयोगले कृषि तथा पशुपालन क्षेत्रलाई थप व्यावसायिक र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यतिमात्र हैन किसानको गोठदेखि ओठसम्म मुस्कानको उज्यालो ल्याएको छ ।
(मरिण गाउँपालिकाको सहयोगमा तयार गरिएको)



