असिमा सिन्धुली टपर, सिद्धबाबा प्रथम
सिन्धुली / कक्षा १२ को नतिजामा सिद्धबाबा प्लस टु म्यानेजमेण्ट सिन्धुलीले जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदै पहिलो स्थान हासिल गर्न सफल भएको छ ।
कलेजले औसत ३.९१ जीपीए प्राप्त गर्दै जिल्लामै पहिलो स्थानमा हासिल गर्न सफल भएको हो ।
सिद्धबाबा प्लस टु म्यानेजमेण्ट सिन्धुलीबाट परीक्षामा ८१ जना विद्यार्थी सहभागि भएका थिए ।जस्मा ८१ जना विद्यार्थीनै उत्तीर्ण भएका छन् । विद्यालयको अनुुसार ५४ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् भने २७ जनाले ३ ः६० जीपीए ल्याउन सफल भएका सिद्धबाबा प्लस टुका डाइरेक्टर राहुल सिंहले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
प्रकाशित नतिजाअनुसा सिद्धबाबाकी विद्यार्थी असिमा दाहाल सिन्धुली जिल्लाकै प्रथम हुन सफल भएकी छन् ।
नतिजाप्रति प्रतिक्रिया दिँदै सिद्धबाबा प्लस टुका डाइरेक्टर राहुल सिंह ले जिल्लाकै उत्कृष्ट अंकसहित सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै विद्यार्थी, अभिभावक र शिक्षकहरूको संयुक्त मेहनतकै परिणामस्वरूप यो उपलब्धि सम्भव भएको बताउनुभयो ।
सिद्धबाबा प्लस टुले विगतका वर्षहरूमा पनि कक्षा १२ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो भने यस वर्ष पनि जिल्लामा पहिलो स्थान कायम राख्न सफल भएको छ । शैक्षिक गुणस्तर, अनुशासन र प्रभावकारी शिक्षण प्रणालीका कारण सिद्धबाबा प्लस टु म्यानेजमेण्ट कलेजको विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको प्रस्ट देख्न सकिन्छ ।



