कमलामाईले भत्कायो २०७२ सालको भूकम्पबाट जीर्ण भएका स्टलहरु

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले २०७२ सालको भूकम्पबाट जीर्ण भएका स्टलहरु गत शुक्रबार भत्काएको छ ।

४८ ओटा स्टल रहेको स्टल बजार व्यापार व्यवसायका लागि उपयुक्त स्थान मानिए पनि संरचना जिर्ण भए पछि नगरपालिकाले हटाउने अभियान सञ्चालन गरेको हो ।

नगरपालिको जारी गरेको सुचना अनुसार व्यवसायीहरुले आफ्ना व्यापारिक स्टलहरू खाली गरे पछि मात्र जिर्ण संरचना भत्काउन शुरु गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
स्टल बजार हटाउने क्रममा व्यवसायीहरुले उच्च समझदारी, धैर्यता र कुनै पनि विवाद अवरोध नगरी आफ्ना स्टलहरू आफैं खाली गरी सहयोग गरेको भन्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले व्यापारिहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले कहिलेकाहीँ नगरको सुरक्षा, कानुनी व्यवस्था र दीर्घकालीन हितका लागि आफ्नै मनमाथि ढुंगा राखेर यस्तो प्रकारको निर्णय लिनुपरेको बताउँनुहँदै पुरानो स्टल बजार व्यवस्थापन गरिसके पछि उक्त स्थानलाई अझ व्यवस्थित, आधुनिक तरिकाले सर्वसाधारण जनतालाई थप सहज हुने गरी पूर्वाधार निर्माण जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाद्वारा जीर्ण संरचना भत्काए सँगै सिन्धुलीमाढीको ४० वर्ष पुरानो स्टल बजारको अन्त्य भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *