सिन्धुलीमाढीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि दुई दिने तालिम
सिन्धुली/सिन्धुलीमाढीमा आज सनिबार अपाङ्गता भएका व्यक्तिहरूका लागि नेतृत्व क्षमता अभिवृद्धि र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने तालिमको उद्धाटन गरीएकोे छ ।
दुई दिने तालिमको आज एक बिशेष समारोह बिच कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले व्यानर पढेर उद्धाटन गर्नुभएको हो ।
सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजना तथा टेवा धापाखेल ललितपुरको सहयोगमा सञ्चालन गरीएको दुई दिने तालिममा जिल्लाका ३५ जना अपाङ्गगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ । तालिम भोली आइतबार समापन हुने छ । अपाङ्गगता भएका व्यक्तिहरुलाई प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी ज्ञान बढाउन यस कार्यक्रमको आयोजना गरीएको हो ।
दुई दिने तालिममा अपाङ्गता भएका व्यक्तिहरुले सञ्चालन गरेका संस्थाहरुलाई कसरी अगाडी बढाउने? अपाङ्गता भएका व्यक्तिहरुको भुमीका के हो ? जिम्मेवारी के के हुन्छ ? अपाङ्गता भएका व्यक्तिहरुको कानुनी प्रावधान कस्तो छ ? र अपाङ्ग भएका व्यक्तिहरुको बारेमा प्रजनन् स्वास्थ्य अधिकार संग सम्बन्धीत बिषयमा रहेर गहन छलफल गरीने सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) ले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुका लागि यस्ता प्रकारको तालिम आयोजना गरेकोमा सिन्धुली अपाङ्ग महिला संघलाई धन्यवाद व्यक्त गर्नुहुँदै हाल वजेट बनाउँने समय भएकाले गर्दा आगमी दिनमा तालिम पश्चात अपाङ्गता भएका व्यक्तिहरुलाई जिवन यापन गर्न सहन हुने तालिमहरुको प्रपोजल बनाएर नगरमा पेश गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आफु कहिले पनी अपाङ्ग भएको व्यक्ती हैन हामीले पनी सपाङ्ग व्यक्ति जस्तै सबै कुराहरु आफै गर्न सक्छौ भनेर सोच्न आग्रह गर्नुभयो ।
नेतृत्व क्षमता अभिवृद्धि र प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने तालिम पश्चात केही कुराहरु बुझेर आफ्नो समुदायमा लागू गर्नेछन् भन्ने अपेक्षा गरीएको सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) ले जानकारी दिनुभयो । सिन्धुली अपाङ्ग महिला संघले यस्ता प्रकारका धेरै कार्यक्रमहरु समय समयमा गर्दे आईहरेका छ ।



