एसईई २०८२ को नतिजा सार्वजनिक,सिन्धुलीबाट ६७.७ प्रतिशत उत्तीर्ण

सिन्धुली/माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक भएको छ ।

एसईई २०८२ मा सिन्धुलीबाट ६७.७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

त्यस्तै ३२.९३ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेका छैनन् ।जिल्लाबाट यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) मा कुल ४ हजार ६ सय ८७ जना सहभागि भएका थिए । जसमा प्राविधिक तर्फ २ सय ३१ जना, ग्रेडवृद्धितर्फ ५ सय ८ जना र २०७९ अघिका ३ जना परीक्षार्थीहरु यस वर्षको परीक्षामा सहभागि भएका थिए।

शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका प्रमुख मोहनबहादुर सुनुवारका अनुसार यस वर्ष जिल्लाका २० जना विद्यार्थीहरुले ४ जिपीए अंक प्राप्त गरेका छन् । जसमा सामुदायिक विद्यालयका २ जना रहेका छन् भने निजी तथा संस्थागत विद्यालयका १८ जना रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ गौमती मावि माढीबजारका छात्रा गुन्जन बोमजन र कमला मावि ढुङग्रेबासका छात्रा युनीसा क्षेष्ठले ४ जिपीए अंक प्राप्त गर्दै जिल्ला प्रथम भएका छन् ।

त्यस्तै गौमती माविकी अयुषा खड्का र जनज्योती माविका सनलराज ढकालले ३.९५ जिपीए अंक प्राप्त गर्दै दोस्रो हुन सफल भएका छन् भने श्री कमला मावि ढुङग्रेबासका संजीव क्षेष्ठले ३.९१ जिपीए अंक प्राप्त गर्दै जिल्लाको सामुदायिक विद्यालयबाट तेस्रो हुन सफल भएका छन् ।

त्यसैगरी निजी तथा संस्थागत विद्यालयका १८ जना विद्यार्थीले ४ जिपीए अंक प्राप्त गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क अनुसार ३.६० जिपिए भन्दा माथि ४ जिपिए भन्दा कम नतिजा ल्याउने जिल्लामा ४ सय ४१ जना, ३.२० जिपिए ल्याउने ९ सय ९० जना, २.८० जिपिए ल्याउने ९ सय ४८ जना र २.४० ल्याउने १ सय ३१ जना रहेका छन् ।

यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थी सहभागी भएका थिए । जसमा कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *