हरिहरपुरगढीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले एक दिने निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेको छ ।
गाउँपालिकाको आयोजनामा गरीएको एक दिने शिविर पालिकाको वडा नं ६ मा संचालन गरीएको हो ।
शिविरमा करिब ७२० वटा पशुको स्वास्थ्य जाँच तथा उपचार गरीएको गाउँपालिकाले जानकारी दिएको छ । जस्मा ८१ जना कृषकहरुले आफ्ना गाई, भैँसी, कुकुर, कुखुर बाख्रा, बंगुरलगायतका पशुको स्वास्थ्य जाँच तथा उपचार गराएर उक्त शिविरबाट लाभ लिएका छन् ।
पालिकाका पशु सेवा शाखा प्रमुख गोविन्द मण्डलको नेतृत्वको टोलीले पशुको स्वास्थ्य जाँच तथा उपचार गरेको थियो ।
वडा अध्यक्ष यक बहादुर मुक्तानको अध्यक्षतामा भएको शिविर उद्घाटन समारोहमा गाउँपालिकाका वडा न. ६ का पशुपालक कृषिहरूको उल्लेख्य सहभगिता रहेको थियो ।
प्रतिक्रिया



