दुधौलीमा करेन्ट लागेर ५१ वर्षीय पुरुषको मृत्यु

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा आज आइतबार करेन्ट लागेर ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत्यु हुनेमा दुधौली ७ कत्लेका ५१ वर्षीय तिलकबहादुर मगर रहेका छन् ।

उहाँको अनुसार आज दिउँसो साढे १२ बजेको समयमा दुधौली ८ सालघारीस्थित चन्द्रकान्त दाहालको घर निर्माण गर्ने क्रममा नाङ्गो विद्युत् तारमा फलामको रड ठोक्किँदा मगरलाई करेन्ट लागेका थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो ।उपचारकै क्रममा दिउँसो साढे २ बजेको समयमा मगरलाई चिकित्सकले मृत्यु घोषणा गरेको हो ।

हाल उनको शव नगर अस्पताल सिर्थौलीमैनै राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *