चट्याङ लागेर ७० वर्षीय वृद्धको मृत्यु

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा गए राती चट्याङ लागेर एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार गए राती शनिबार ५ः३० बजेको समयमा अबिरल वर्षा संगै परेको चट्याङले लाग्दा दुधौली ४ पाखा भित्ताका पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

उहाँको अनुसार वृद्ध आफ्नो घर देखि २०० मिटर दक्षिणमा रहेको मकै बारीमा घाँस काट्न गएका थिए ।घाँस काटेर अबेरसम्म पनि घर नफर्किए पछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा राती ९ः४५ बजेको समयमा गम्भिर घाइते भएर ढलिरहेको अवस्थामो फेला परेका थिए । निजलाई उक्त अवस्थामा देख्नासाथ स्थानियहरुले राती १० बजेको समयमा इलाका प्रहरी कार्यालय डकाहमा जानकारी गराएका थिए ।

सुवेदीको अनुसार खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरीहरु घटनास्थलमा गई निजलाई उपचारको लागि नगर अस्पताल सिर्थौलीमा पठाएको थियो ।
बोल्न पनि नसक्ने अवस्थामा रहेका बुढाथोकीलाई उपचारको क्रममा १०ः५० बजेको समयमा चिकित्समले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *