-
तपाईंको चुनाव घोषणाले हुनसक्छ केही व्यक्ति वा समूहको खुसी र उत्साह बढेको होला । तर त्यो अमानवीय र अनैतिक उत्साह र खुसी हो । यो महामारीको बेला चुनाव रोज्नु पागलपन बाहेक अरु केही हुन सक्दैन ।
नमस्कार ।
तपाईंले घोषणा गर्नुभएको मध्यावधि चुनाव, चुनाव गराउनको लागि होईन । यो सत्तामा टिक्ने र वर्तमान व्यवस्था कमजोर पार्नको लागि हो । प्रचण्ड र माधव नेपाल समूहको राजनीतिक जीवन समाप्त पार्न हो । अमेरिका र भारत रिझाउन हो । यो न त जनताको लागि हो न त देशको लागि हो । संवैधानिक हिसाबले होस कि संसदीय मुल्य मान्यता अनुसार होस्, यो चुनाव घोषणा गलत छ । अझै कोभिड–१९ को महामारी र पीडित जनताको दृष्टिकोणबाट हेर्दा त यो सामाजिक अपराध नै हो । अक्सिजन अभावमा तड्पिरहेका जनता, भ्याक्सिन कहिले पाइएला र ज्यान जोगाउन सकिएला भनेर पर्खिरहेका जनता र लकडाउनले गर्दा व्यापार, व्यबसाय, शिक्षा, रोजगारी गुमाएर मानसिक रुपमा प्रताडित लाखौं नेपाली युवा, विद्यार्थी, ब्यापारी र गरिब (निमुखाहरु) यतिबेला लगभग ४० अर्ब खर्च हुने चुनाव होईन बरु राहत, उद्धार र सहयोग खोजिरहेका छन् ।
प्रधानमन्त्री यू,
शासकले गर्ने व्यवहार, बोल्ने भाषा र जस्तोसुकै क्रियाकलाप जनताले नजिकबाट नियाल्ने भएकोले यस्तो बेलामा जनता खुसी हुने, उनिहरुमा उत्साह बढ्ने र कोभिड महामारीसङ्ग जुध्न प्रेरणा मिल्ने कामकारबाहीमा सरकार लाग्नुपर्ने बेलामा उनीहरुको त्रसित मानसिकता र दुखमा अझै नुनचुक दल्ने काम गरेर सरकारले लोकतन्त्रका तीन अत्यावश्यक अवयबहरु ः उत्तरदायित्व, पारदर्शिता र योग्यतावादको सरासर हत्या गरेको छ । यस्तो महामारीको बेला ‘हामी तिमीहरूको अभिभावक हौं’ भनेर पीडित, त्रसित, रोगी र भोका नेपाली जनतालाई आफू उनीहरुको साथैमा भएको अनुभूति गराउने र सुविधा उपलब्ध गराउन अहोरात्र खट्नुपर्ने हो । कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याउने, अक्सिजन आपूर्ति गर्ने, अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर व्यवस्थापन गर्ने, खाद्यान्न आपूर्ति व्यवस्थापन गर्ने बारेमा जनतालाई आफ्नो हरेक गतिविधिबारे सूचित गर्ने र जनताको हरेक प्रश्नको जवाफ दिनुपर्ने बेला हो यो । कोभिड–१९ महामारी नियन्त्रण र उन्मुलन गर्न योग्य मानिसको छनौट गरि सबै दलहरूको सर्वदलीय संयन्त्र निर्माण गरेर अगाडि बढ्नु पर्ने बेलामा देशलाई विभाजन गरेर के गर्न खोजिएको हो भन्ने प्रश्न आम जनताको मन मस्तिष्कमा उब्जिएको छ । तपाईंको चुनाव घोषणाले हुनसक्छ केही व्यक्ति वा समूहको खुसी र उत्साह बढेको होला । तर त्यो अमानवीय र अनैतिक उत्साह र खुसी हो । यो महामारीको बेला चुनाव रोज्नु पागलपन बाहेक अरु केही हुन सक्दैन ।
प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्री, तपाई हिम्मतिलो र साहसिक हुनुहुन्छ । तपाईंको छिटोछरितो निर्णय गर्ने क्षमता छ । तपाई मन परेको मान्छेलाई टाउकोमा बोक्ने र मन नपरेकोलाई भित्तामा पुर्याउने बानी छ । तपाईंको यतिबेला राज्य र सत्तामा पकड बलियो छ । धेरैधेरै गर्न सक्नुहुन्छ । रास्ट्रपति कार्यालय पनि अनुकूल देखिन्छ । अरु देशका प्रधानमन्त्रीले सुशासन र विकासलाई प्राथमिकतामा राख्दा तपाईंले विगत तीन वर्षमा आफ्नो सत्ता मजबुत पार्न हरसम्भव प्रयास गर्नु भयो भन्ने बुझाई छ । ठिकै हो किनभने राजनीतिमा यो सामान्य मानिन्छ । तर तपाईंको शक्ति आर्जन, हिम्मत, साहस र नेतृत्वले गर्दा जब जनता पीडित र आक्रान्त हुने साथै देशको व्यवस्था खतरामा पर्ने हो भने तपाईंको त्यो हिम्मत, साहस र नेतृत्व अब के काम ? रास्ट्रवादीको विशेषण जोडिएको तपाईंको बारेमा जनताले अब सिक्किमिकरणको मतियार र एमसिसि ल्याएर देशको सार्बभौमसत्ता र अखण्डता खतरामा पार्ने एजेन्ट भन्न थालेका छन् । हुन पनि नागरिकता सम्बन्धि निर्णय गर्नुभो रे । एमसिसि कुनै पनि हालतमा अनुमोदन गराउन यो संसदबाट नहुने भएकोले देश र जनताको आवश्यकता जे भएनि हतारमा मध्यावधि निर्वाचन गर्न लाग्नु भएको छ भन्ने सुनिएको छ । सक्नुहुन्छ भने यो नहुने चुनाव रोक्नुस नत्र सर्वदलीय सरकार गठनको लागि रास्ट्रपतिलाई सिफारिस गर्नुस् । नेपाल र नेपालीको हित यसैमा छ ।
प्रधानमन्त्री ज्यू,
ढुक्क हुनुहोस्, तपाईंको नेतृत्वमा काङ्ग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र यादव) चुनावमा सहभागी हुदैनन् । तपाईंको विगत एक वर्षको गतिविधि नियालेर मुल्यांकन गरेका छन् । आफूलाई जति जोगाउँदा पनि कोरोना लागेर संक्रमीत भईरहेका वा धमाधम मृत्युको शिकार बनिरहेका नेपाली जनता भिडमा लाईन लागेर तपाईंलाई मतदान गर्दैनन् । हाम्रो भोको पेट, मानसिक पीडा, महामारी, शिक्षा, स्वास्थ्य, परिवार, समाज, देशको बिग्रँदो अर्थतन्त्र र सबैभन्दा ठूलो हाम्रो जीवनको पर्वाह नगर्ने प्रधानमन्त्रीको आव्हान कुनै पनि हालतमा नमान्ने कुरो जनताको छ । माधवकुमार नेपाल समूहको असन्तुष्टिले, घोर दक्षिणपन्थी क्रियाकलापले, एमसिसि प्रेमले, जनमतको अपमानले र असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक क्रियाकलापले चुनावमा तपाईंलाई ठूलै क्षति हुनेवाला छ । सक्नुहुन्छ भने आफ्नो पक्षमा राज्यको सबै शक्ति र सबै अंगको भरपुर प्रयोग गर्नु होला नत्र गार्हाे छ ।तपाईंको उही शुभचिन्तक
News Desk 0 response शनिबार, जेष्ठ ८, २०७८
सन्तोषकुमार श्रेष्ठ
कमलामाई नगरपालिका–६, सिन्धुली
सम्बन्धित शीर्षकहरु
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१