-
वैशाख १२,सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका –३ स्थित कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा परेका छन् ।
गोलन्जोरको बलेनी सामुदायिक वनमा लागेको डढेलो फैलिएर कात्तिके र भदौरेमा पुगेको छ । जङ्गल छेउमै बस्तिहरु भएकोले डढेलोको जोखिम हुन सक्ने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिनुभयो । हाल डढेलो नियन्त्रणको लागि प्रयास भइरहेको छ ।
यस्तै मंगबार गोलन्जोर गाउँपालिका –६ स्थित बलेनी सामुदायिक वनमा लागेको डढेलो बस्तिमा फैलिदा ३ जना स्थानीयको घरमा क्षति पुगेको छ । वडा नम्बर –६ स्थित गैरीगाउँ बलेनी सामुदायिक वनमा लागेको डढेलो बस्तिमा फैलिएको थियो । डढेलोले ३ जना स्थानीयको घर, गोठ जल्दा १९ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
आगोलागिबाट गैरीगाँउका बेद कोइरालाको ढुंगा, माटो र काठले बनेको जस्ताले छाएको घर र ढुंगा, माटोले बनेको जस्ताले छाएको गोठ पूर्ण रुपले जलेको थियो । आगोलागिबाट अग्नी पिडित श्रेष्ठले ७ लाख बराबरको क्षती भएको दावी गर्नुभएको छ । सोहि स्थानका इन्द्र लाल श्रेष्ठको खरले छाएको ढुंगा माटोले बनेको घर पूर्ण रुपमा जल्दा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
अर्का स्थानीय तिलक श्रेष्ठको खरले छाएको ढुंगा, माटो र काठले बनेको २ तले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट हुँदा ८ लाख ५० हजार रुपैया क्षति भएको अग्नी पिडितले दाबी गर्नुभएको थियो । मंगलबार बेलुका ५ बजे बाट सुरु भएको आगो स्थानीय, प्रहरी, दमकलको सहयोगमा राती करिब ९:५० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यता गाउँपालिकाले भने डढेलोले घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै नष्ट भएका अग्नी पिडितका परिवारलाई प्रारम्भीक राहात वितरण गरिसकेको छ । आँखै अगाडि स्थानीयको घर,गोठ जलेर नष्ट भएको भन्दै हाल डढेलो कात्तिके र भदौरे बस्ति नजिकै पुग्दा त्यहाँका स्थानीयमा भने त्रास छाएको छ । डढेलो नियन्त्रणको लागि गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी, स्थानीय तथा प्रहरीले पहल गरिरहेका छन् ।
News Desk 0 response बुधबार, बैशाख १२, २०८१
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१