-
फागुन २, सिन्धुली/११ औँ राष्ट्रिय पुस्तक दिवस एवम् सरस्वती पूजाको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीले शैक्षिक सामाग्री वितरण गरेको छ ।
दुधौली नगरपालिका वडा नम्बर ३ खुट्टेपानी स्थित जनहित प्राविका ५० जना भन्दा बढि विद्यार्थीहरुलाई ३५ हजार मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा एक औपचारिक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील, इरेजर, फुटबल, भलिबल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ शाखा सिन्धुलीका सचिव दिपक तिमल्सिनाले जानकारी दिनुभयो ।
दुधौली नगरपालिकाका उपप्रमुख चन्द्र किशोर थारुको प्रमुख आतिथ्यतामा विद्यालयमै पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं दुधौली नगरपालिकाका उपप्रमुख चन्द्र किशोर थारुले व्यवसायीहरुले उत्तरदायी कार्यक्रम गरेको भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले व्यवसायीहरुले नाफामूलक काम सँगै सेवामुखी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम सन्चालन गर्नुभएकोप्रति खुसी व्यक्त गर्दै प्रशंसा समेत गर्नुभयो ।
“व्यवसायीहरुले नाफामूलक मात्र नभइ सेवामुखी कार्यक्रम पनि गर्छन् भन्ने एउटा दरिलो उदाहरण मैले पाएँ । जिल्लाका अन्य पालिका भन्दा दुधौलीमा विपन्न वर्गका दनुवार जातीका बालकालिका अध्ययन गर्छन् । यस्तै समाजप्रति सेवाभाव भएका सँस्थाहरुले गर्ने सहयोगले उनिहरुलाई पढाइप्रति उत्प्रेरणा मिल्छ” उहाँले भन्नुभयो । त्यस्तै वडा नम्बर ३ की वडा अध्यक्ष भद्रा कुमारी माझिले आर्थिक स्थिती कमजोर तथा दनुवार जातीका बालबालिका अध्ययनरत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको भन्दै महासंघलाई धन्यवाद दिनुभयो ।
जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायी तथा सप्लायर्सबाट संकलन भएका करिव ३५ हजार मूल्य बराबरको सामाग्री वितरण गरिएको बताइएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिन्धुलीले प्रत्येक बर्ष पुस्तक दिवसको अवसरमा जिल्लाका कुनै न कुनै विद्यालयमा पुगेर बालबालिकाहरुलाई स्टेशनरी तथा अन्य शैक्षिक सामाग्री वितरण गरिरहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २, २०८०
सम्बन्धित शीर्षकहरु
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१