-
माघ २७, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीमा दुग्ध उद्योग स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उनले यहाँका दुग्ध उत्पादक कृषकलाई लक्षित गदैँ कच्चा दूध बजारीकरणका लागि उद्योग स्थापना गर्न पहल गरिने बताउनुभएको हो ।
आज कमलामाई नगरपालिका-५ स्थित राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुको मागलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले कृषकले उत्पादन गरेका दूध जिल्लामै खपत हुने गरी बागमती प्रदेश सरकारले उद्योग सञ्चालनका लागि पहल गरिने बताउनुभयो ।
News Desk 0 response शनिबार, माघ २७, २०८०
२०७६ सालमा स्थापना भएको राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक १ हजार ५ सय लिटर संकलन गर्ने गरेकोमा दूधको परिणाम अझै बढ्ने भएकाले कच्चा दूध खपतका लागि उद्योग सञ्चालनको लागि मन्त्री श्रेष्ठसँग माग राखिएको थियो ।
संस्थाका अध्यक्ष माधवप्रसाद अधिकारीले भन्नुभयो, ‘कोरिया सरकारबाट प्राप्त भएको गाई हाल एउटा मात्रै सुत्केरी भएको छ । सुत्केरी गाईले एकपटकमा २२ लिटर दूध दिन्छ । ८१ वटा गाईमध्ये जीवित ७५ गाई छन् । ती गाईहरु अधिकांश जेठ, असारमा सुत्केरी हुन्छन् ।’
दूधको परिमाण बढेसँगै जिल्लामा कच्चा दूधको खपतमा कमी आएकाले जिल्लामै उद्योगमार्फत अन्य विभिन्न प्रकारका परिकार निर्माणका लागि आवश्यकताअनुसार प्रदेशबाट उद्योग सञ्चालनको निम्ती मन्त्री श्रेष्ठसँग माग गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
त्यस्तै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले कृषकहरुका लागि नयाँ कार्यक्रम ‘समुदाय आधरित एक वडा एक कृषि उत्पादन कार्यक्रम’ सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो । ‘कृषकहरुलाई लक्षित गदैँ बामगती प्रदेशले नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ, जसमा एक वडामा २५ जना कृषक मिलेर जुनसुकै पशुपालन गरे पनि एउटै किसिमको पशु पाल्नुपर्ने र जुनसुकै तरकारी उत्पादन गरे पनि एउटै किसिमको उत्पादन गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।
राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थालाई पनि मन्त्री श्रेष्ठले सो कार्यक्रमको कार्यविधिमा रहेर सेवा लिन आग्रह गर्नुभएको छ । बागमती प्रदेशका ८६ वटा वडामा ‘समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम’ सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१