-
माघ २५, सिन्धुली/मन्जुश्री सम्वत २८६० मु/पुख्री (डुक) ल्हो सोनाम ल्होछारको अवसरमा आज सिन्धुलीमाढीको बुद्धनगरचोकमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समितिको आयोजना तथा नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति सिन्धुली र नेपाल तामाङ पत्रकार संघ सिन्धुलीको समन्वयमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
News Desk 0 response बिहिबार, माघ २५, २०८०
नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य समितिका अध्यक्ष मकर बोम्जनको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघिय समितिका उपमहासचिव हर्कमान ब्लोनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घेदुङका केन्द्रिय सदस्य सुर्यमान पाख्रिन नेपाल सरकारका बागमति प्रदेशका सांसद क्षेत्र बहादुर बम्जन लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव हर्कमान ब्लोनले ल्होछारको अवसरमा जिल्लाका स्थानियतहरुमा कार्यरत तामाङ कर्मचारीहरुलाई बोनस सहित २ दिन बिदा दिन सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ । दशै तिहार लगायत अन्य चाडपर्व सरह व्यवहार हुनुपर्ने बताउनु भयो ।
तामाङ जातिहरुको भाषा, संस्कृति, रितिरिवाज लगायत पहिचान विश्व सामु स्थापित गर्नको निम्ती हाल सम्म पनि घेदुङ मार्फत अभियान जारि रहेको बताउनुहुँदै उपमहासचिव ब्लोनले सिन्धुलीमा कक्षा ८ सम्म तामाङ भाषामा अध्ययन गराउनु पर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य सुर्यमान पाख्रिनले आफ्नो पहिचान स्थापित नरहे सम्म संघर्ष गर्न रोकिन नहुँने बताउनु भयो । उहाँले आफ्नो पहिचान विर्सिएकै कारण विभिन्न जातजातिहरुले तामाङ माथि धावा बोल्ने गरेको धारणा राख्नुभयो ।
कठिन संघर्ष पश्चात तामाङ भाषालाई बागमती प्रदेशमा तामाङ भाषा लाई कामकाजी भाषाको रुपमा मान्यता दिइएको भन्दै बागमती प्रदेशका सांसद छेत्र बहादुर बँजनलले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कलाकार सोनाम बज्यु लगायतले साङ्गीतिक प्रस्तुती दिनुभएको थियो ।
सम्बन्धित शीर्षकहरु
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१