ल्होछार पर्व विधिपूर्वक मनाउन घेदुङको निर्देशन
पार्टी प्यालेसमा होइन, आफ्नै घर, गाउँ टोलमा मनाउन आग्रह
-
माघ १७,सिन्धुली/तामाङ समुदायको नयाँ वर्ष एवं सांस्कृतिक पर्व ल्होछार नजिकिँदै गर्दा नेपाल तामाङ घेदुङले उक्त पर्व विधिपूर्वक मनाउनेबारे निर्देशन जारी गरेको छ । तामाङ समुदायको छाता संगठन घेदुङको संघीय कार्यालयले ल्होछार पर्व घरघरमा विधिपूर्वक तथा सामूहिक रुपमा गाउँ, टोलमा मनाउन आफ्नो प्रदेश, जिल्ला, नगर, गाउँस्तरीय समिति तथा भ्रातृ संगठनहरुलाई निर्देशन दिएको हो ।
घेदुङको हालै बसेको संघीय समितिको बैठकबाट पारित निर्णयबमोजिम निर्देशन जारी गरिएको घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो । निर्देशनमा ल्होछार पर्व पार्टी प्यालेस, होटल तथा क्याफेहरुमा मनाउने कार्य बन्द गर्न भनिएको छ । ‘पार्टी प्यालेस, होटल तथा क्याफेमा ल्होछार मनाउने खर्चले परम्परागत विधि, प्रक्रियाका साथ घरघरमा, आफ्नै गाउँ र टोल केन्द्रित गरी मनाउनू,’ निर्देशनमा भनिएको छ, ‘ल्होछार मनाउने क्रममा बहुराष्ट्रिय कम्पनीको उत्पादन पिजा, बर्गर, चाउचाउ र कोकाकोलाको सट्टा परम्परागत तामाङ खानपिनको प्रयोग गर्नू ।’
घेदुङले तामाङ भेषभूषा र संस्कृति प्रवर्द्धनमा जोड दिनेगरी ल्होछार मनाउन सबैलार्ई अनुरोध गरेको छ । ‘पार्टी प्यालेस र होटलमा ल्होछार मनाउँदा आर्थिक रुपले अर्कैको व्यापार हुने र सांस्कृतिक रुपले समेत अर्कैको संस्कृति प्रवर्द्धन हुने हुँदा त्यस खालको गतिविधिप्रति सबैलाई सचेत हुन अनुरोध गर्दछौं,’ अध्यक्ष गोलेले भन्नुभयो ।
पछिल्लो समय ल्होछारसहितको चाडपर्वहरु तामाङ संस्कृति र तामाङ उत्पादन पद्धतिबाट टाढिदै गएको तथा बाह्य संस्कृति र बहुराष्ट्रिय कम्पनीको व्यापार बढ्दै गएको पक्षलाई मध्यनजर गरी घेदुङले यस्तो खालको निर्णय गरेको अध्यक्ष गोलेको भनाइ छ ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछार अन्तर्गत यस वर्ष माघ २७ गते परेको छ । ‘ल्हो’ को अर्थ वर्ग÷वर्ष र ‘छार’को वर्ष हुन्छ । तामाङ समुदायमा ल्हो परम्परा महत्त्वपूर्ण रहन्छ । ल्हो अर्थात् वर्ग/वर्ष १२ वटा जीवजन्तुको नाममा गणना हुने परम्परा छ । प्रत्येक वर्ष वर्ग फेरिन्छ । अध्यक्ष गोलेका अनुसार हाल ह्योई अर्थात् खरायो वर्ग चलिरहेकोमा अब माघ २७ बाट खरायो वर्गलाई बिदाइ गरी डुक अर्थात् गरुड वर्गलाई स्वागत गरिँदै छ ।
तामाङ बस्तीहरुमा यतिबेला ल्होछारको माहोल बढ्दै गएको देखिन्छ । विदेशमा गएकाहरुसमेत ल्होछार मनाउन फर्कने गरेका छन् । घेदुङले जारी गरेको निर्देशनअनुसार ल्होछार पर्व १५ दिनसम्म उत्सवका रुपमा मनाइन्छ ।
News Desk 0 response बुधबार, माघ १७, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१