-
पुस २८, सिन्धुली/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश महासंघको पाँचौ पूर्ण बैठक सिन्धुलीको धार्मिक स्थल कमलामाई जन्मस्थान कमलामाई सिरमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश महासंघको आयोजना तथा सिन्धुली जिल्ला महासंघको समन्वयनमा पाँचौ बैठक आज सम्पन्न भएको हो ।
बैठकको उद्घाटनमा बागमती प्रदेश सभा सदस्य तथा समुदायिक वन उपभोक्ता महासंघ नेपालका निर्वतमान अध्यक्ष भारती पाठकले प्राकृतिक स्रोत माथि स्थानीय उपभोक्ताको अग्राधिकार हुने छ भनेर संविधानमा नै सुनिश्चित गरिएकोले सामुदायिक वनका उपभोक्तालाई कुनै कानुनले रोक्न नसक्ने बताउनुभयो ।
संविधानले सुनिश्चित गरेको अधिकार प्रयोग गरेर स्थानीय उपभाक्ताले नै वनको संरक्षण र सम्वद्धन गर्ने प्रदेश संसद पाठकले वताउनुभयो । “संघीय कानुन, प्रदेश वा स्थानीय सरकारले कानुन वनाउने क्रममा संविधानको मूल मर्मलाई विर्सिनु हुँदैन । संविधानलाई नकारेर, संविधानलाई टाढा राखेर कानुन बनाउन सक्दैन ।” प्रदेश संसद पाठकले भन्नुभयो ।
अहिले वन पैदावरमा लगाईएको तेहोरो कर उपभोक्ताले तिर्न नसक्ने वताउनुभयो । तीन तहको सरकारले कर मात्र उठाउने होईन, कुनै एउटा सरकारले उठाएर सबै सरकारलाई बाढ्नु पर्ने प्रदेश संसद पाठकले वताउनुभयो ।
बैठक उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, सामुदायिक वन उभोक्ता माहासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी, बरिष्ट उपाध्यक्ष विर्खबहादुर साही, जिल्ला मन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरले, वन पैदावर व्यवसायि संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङ, सामुदायिक वन उपभाक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पवित्रा कुमारी श्रेष्ठ 0 response शनिबार, पुस २८, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१