-
पुस ८,सिन्धुली/नेपाल रेडक्रस सोसाइटि सिन्धुलीको आयोजनामा तिलगंगाा आँखा प्रतिष्ठान काठमान्डौँ,द फ्रेड हलोज फउण्डेसन र जानकी आँखा अस्पतालको प्राविधिक तथा आर्थिक सहयोगमा आँखा उपचार केन्द्रमा ३ सय १८ जना मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका,दुधौली नगरपालिका,तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाका आँखा मोतियाबिन्दु भएका बिरामीको छनोट गरेर पुस ६ र ७ गते निशुल्क सल्यक्रिया गरिएको हो ।
बर्षोँ देखि आँखा नदेखेका तथा जन्मजात आँखा नदेख्ने बिरामीहरुको तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर रिता गुरुङ,जानकी आँखा अस्पताल जनकपुरका मेडिकल डाइरेक्टर नेत्र रोग बिषेशज्ञ डाक्टर आशिष बोहोर ,डाक्टर कृपा श्रेष्ठ,धनबहादुर मगर लगायतका प्राविधिक टोलिले बिरामीहरुको सफल शल्यक्रिया गरिएको रेडक्रस सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ का चित्र बहादुर गोलेले एउटा आँखा ७ बर्षदेखि देख्न छोड्नुभयो,उहाँको श्रिमती मंगलीमाया स्याङ्तानको ४ बर्षदेखि मृगौलामा समस्या देखेपछि दुवै आँखा देख्नै छोड्नुभयो ।
उपचार गराउँदा गराउँदा आजित भएका दम्पतीलाई आँखा फेरि देख्न पाइन्छ भन्ने आसा नै मरेको थियो । मोतियाबिन्दुका बिरामीहरुलाई निशुल्क सल्यक्रिया शिविरमा छनोटमा परेर हिजो आँखा शल्यक्रिया गरेका दम्पतीले आज दुवै आँखा देखेपछि निकै खुसी भएका छन् ।दुई दिने निशुल्क आँखा शल्यक्रियाबाट ३ सय १८ जना दृष्टिविहिन तथा मोतियाबिन्दुका बिरामीहरुले आँखा देखेपछि जयजयकार गदैँ घर फर्किएका छन् । “आँखा देखे,पुन अर्को जिवन पाएको महशुस भएको छ । उपचार गराउन आँखा देख्ने बन्न लाई धेरै पैसा लाग्ने भनेपछि काठमान्डौँ बाट फर्किएको थिए । अब फेरि संसार देख्न पाउँछु भन्ने लागेको थिएन ” मरिणका मिन बहादुर बम्जनले भन्नुभयो ।
सिन्धुलीमा दृष्टिविहिन न्युनिकरण गर्ने नेपाल रेडक्रस सोसाइटि सिन्धुलीको महाअभियानमा टेवा पु¥याउने उदेश्यले शिविर सन्चालन गरिएको सभापति श्रेष्ठले बताउनुभयो । सो अभियानमा कमलामाई नगरपालिका,दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकाले आर्थिक सहयोग गरेको उहाँले बताउनु भयो ।
News Desk 0 response आइतवार, पुस ८, २०८०
सम्बन्धित शीर्षकहरु
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
बुधबार, बैशाख २६, २०८१-
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१
-
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१