-
मंसिर १८, सिन्धुली/कोभिड १९ ले खस्केको शिक्षा उकास्न सिन्धुलीको कमलामाई नगरपालिकाका सामुदायिक विद्यालयमा सिकाई आपुरण तथा द्रुत सिकाई योजना सुरु गरिने भएको छ ।
आज कमलामाई नगरपालिकाको आयोजनामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यन्वयन सम्बन्धी नगरपालिकाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षा सरोकारवालाहरुसँग एक दिवसीय अभिमुखिकरण कार्यक्रम भएको थियो ।
कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख शंकर लुइटेलले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को कारण लामो समयसम्म बन्द हुँदा खस्केको शिक्षालाई उकास्न सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यन्वयमा ल्याएको बताउनु भयो ।यो योजना कार्यान्वयन गर्न कार्यविधि निर्माण गरी अघि बढेको प्रमुख लुइटेलले जानकारी दिनुभयो । कार्यविधिअनुसार बालबालिकाको क्षति पहिचान गर्न सिकाइ क्षतिको परीक्षण गरी सिकाइ स्तरको वर्गीकरण गर्न यो योजना अघि सारिएको छ । वर्गीकृत विद्यार्थीलाई फरक फरक सिकाइ सहायता उपलब्ध गराउन र पुनः सिकाइको लेखाजोखा गर्दै द्रुत सिकाइलाई बढावा दिन पनि योजनाले सघाउने उनको भनाइ थियो । शिक्षक, प्रधानाध्यापक तथा शिक्षा सम्बद्ध सरोकारवालाहरूमा ज्ञान तथा सिप विकास गर्न पनि योजनाले सघाउने उहाँले बताउनुभयो ।
कोभिडका कारण सिकाइमा पछि परेका विद्यार्थी पहिचान गरी आपुरण गरिने यसमा सिकाइ क्षतिको अवधारणा, सिकाइ स्तर पहिचानका लागि साधनको प्रयोग, विद्यार्थी सिकाइ स्तरको अभिलेखीकरण र वर्गीकरण, सिकाइ आपुरणका लागि योजना र कार्यान्वयन र द्रुत सिकाइसम्बन्धी विषयवस्तुहरू समावेश गरिएको लुइटेलले बताउनु भयो ।
अहिलेसम्म शिक्षा सुधारका लागि भएको योजनाहरु सन्तोषजनक रुपमा सफल नभएको बताउनुहुँदै शिक्षा शाखाका फोकल पर्सन हरि पोख्रेलले नेपाल सरकारको पाँच बर्षे सिकाई आपुरण तथा द्रुत सिकाई योजना सफल रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
पुसको पहिलो हप्तामा विद्यालयलाई विद्यार्थीहरुको सिकाइ स्तरको वर्गीकरणका लागि प्री टेष्टको लागि आह्वान गरिने भएको छ ।
News Desk 0 response सोमवार, मंसिर १८, २०८०
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१