-
मंसिर १०, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकाले प्रथम पटक लगानी सम्मेलनको आयोजना गरेको छ । उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र रोजगारी सृजना गर्ने मुख्य उद्देश्य सहित मंसिर १३ र १४ गते लगानी सम्मेलनको आयोजना गरिएको आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएकाे छ ।
हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य एउटै छ, ‘समृद्ध फिक्कल, सुखी फिक्कलबासी ।’आन्तरिक तथा बाह्य लगानीकर्ताद्धारा लगानी भित्राउने उद्देश्यको साथ लगानी सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।
गाउँपालिकाले लगानी सम्मेलनबाट कृषि उत्पादन बृद्धि, ग्रेनिङ, प्रोसेसिङ, प्याकेजिङमा आकर्षित गर्ने, स्थानीय स्रोत साधनको र सिपको अधिकतम् उपयोगको लागि खोजि गर्ने, गाउँपालिकालाई उद्यमशील क्षेत्रमा रुपान्तरित गर्ने सम्भावनामाथि छलफल गर्ने, सहकारी, उद्योग, बाणिज्य लगायत आर्थिक क्षेत्रमा विकासको सम्भावना पहिचान गर्ने, गाउँपालिकालाई सांस्कृतिक, पर्यटकीय र सम्पदा क्षेत्रमा रुपान्तरित गर्ने लगायतका उदेश्यहरु समावेश गरिएका छन् ।
फिक्कलमा मध्यपहाडि लोकमार्गसंगको कनेक्सन, प्रसिद्ध धार्किक स्थलहरु, प्राकृतिक स्रोत तथा जैविक विविधता अनुसार विभिन्न फलफुल खेति, जल विहारको लागि सुनकोशी नदीको उपलब्धता, २४ सय मिटर अग्लो चुचुर फिक्कल लगायतका सम्भाव्यता स्थहरुको बिषयमा बिज्ञहरुसँग परामर्श, खोज तथा अध्ययन भइसकेको अध्यक्ष सुनुवारको भनाई छ । उहाँले भन्नुभयो “लगानी सम्मेलन आयोजना गर्नु पुर्वनै विज्ञमार्फत लगानी सम्भावित क्षेत्रहरुको पहिचान, बजेट र सो बाट आउने प्रतिफल जस्ता बिषयमा खोज, अध्ययन तथा परामर्श भइसकेको छ । सो अध्ययबाट लगानीको लागि सम्भावित थुप्रै परियोजनाहरु तय गरेको थियो ।
त्यसमध्येबाट पनि प्राथमिकताका आधारमा पर्यटन प्रवद्र्धन, जडिबुटि प्रबद्र्धन, फफुलखेती, कृषी विकास, पशुपालन लगायत एक दर्जन भन्दा बढी परियोजना निर्दिष्ट गरिएको छ” । लगानी सम्मेलनबाट न्युनतम ५० अर्व लगानीको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
फिक्कल भित्रका कमतीमा १० जना उद्योगी र व्यापारीलाई आफ्नो बारोबारको आधुनिकीकरण र स्तरउन्नोतीको वातावरण निर्माण र प्रतिवद्धता गराउने, गाउँपालिकाद्धारा कोशेली घर सन्चालन गर्ने, वडागत रुपमा सम्भावनाका आधारमा लगानीका क्षेत्रमा वडागत रुपमा ३ जनालाई लगानीको प्रतिवद्धता गराउने, लगानी मैत्री पालिका निर्माणको लागि लागि सुझाव संकलन र उपयुक्त सुझावलाई नीतिगत रुपमा व्यवूथा गरी कार्यान्वयन गर्ने र संघ र प्रदेश सरकारलाई पालिका क्षेत्रमा आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता गराउने लगायत अपेक्षित उपलब्धी रहेको उपाध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन खाङसाङवेशीमा मंसिर १३ गते नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतद्धारा उद्घाटन हुने छ ।
News Desk 0 response सोमवार, मंसिर ११, २०८०
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१