-
कार्तिक २२, सिन्धुली/बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले संघियता बिना गाउँमा ठूला विकासका योजनाको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।
आज कमलामाई नगरपालिका वडा नम्बर ९ र १० जोड्ने कमला नदीमा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मन्त्री दुलालले संघिय शासन व्यवस्था नभएको भए गाउँगाउँमा हुने ठूला योजनामा जनताको पहुँच नपुग्ने बताउनुभयो । संघियाता पश्चात नेपालमा तीन तहको सरकार भएका कारण दूरदराजमा समेत विकास निर्माणका काम भइरहेको मन्त्री दुलालले बताउनु भयो ।
‘संघिय शासन प्रणाली व्यवस्थाको सुन्दर पक्ष भनेकै यहि हो । जुन व्यवस्थामा विकट भनिएका ठाउँमा विकासका कार्यक्रम, गाउँस्तरसम्म ठूलाठूला परियोजना पुगेर विकासको लहर छाएको हुन्छ’ मन्त्री दुलालले भन्नुभयो । बागमती प्रदेशका सबै क्षेत्रमा योजनाबद्ध विकासका लागि राज्यको स्रोत र साधनको अधिकतम सदुपयोग गरेर गाउँबस्तीमा विकासको प्रत्याभूति गराउने उद्देश्यका साथ प्रदेशले कार्यक्रम अगाडि बढाएको उहाँले बताउनु भयो ।उहाँले भन्नुभयो “बागमती प्रदेशले राप्ति नदीमा २ सय १५ मिटरको बागमती प्रदेशकै लामो पक्कि पुल निर्माण गरेको छ भने कमला नदीमा निर्माण गरिएको यो पुल बागमती प्रदेशको दोस्रो लामो पुल हो । अन्य छोटा दूरीको पुल सयौँको संख्यामा निर्माण गरेका छौँ ।” करिब १ हजार किलो मिटर सडक बागमती प्रदेश भित्र प्रदेश सरकारको लगानीमा पक्की भएको बताउँदै मन्त्री दुलालले प्रदेश सडक गुरुयोजना स्वीकृत गर्ने जानकारी समेत गराउनुभयो । सो गुरुयोजनामा प्रदेश भित्रको ६ हजार किलो मिटर सडक बागमती प्रदेश मार्गको रुपमा विकास गर्ने वहाँको भनाई छ ।
बागमती प्रदेशको २१ करोड ६२ लाख ९१ हजार ४ सय ३३ रुपैयाँ लगानीमा कमलामाई नगरपालिका वडा नम्बर ९ र १० जोड्ने कमला नदीमा पक्की पुल निर्माण गरिएको हो । पुलको लम्बाइ २ सय १२ मिटर रहेको छ । यसलाई बागमती प्रदेशको दोस्रो लामो पुल समेत भनिएको छ ।
यस्तै सिन्धुली क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित बागमती प्रदेश सांसद छेत्र बहादुर बम्जनले देशको अर्थतन्त्र खस्किएकोले यो बर्ष कमलामाई नगरपालिकाको वडा नम्बर ८, ९ र १० लाई कम बजेट बिनियोजन भएको बताउनु भयो । सांसद बम्जनले आगामि आर्थिक बर्षमा ती वडाहरुलाई प्राथमिकतामा राखिने आस्वासन समेत दिनुभएको छ । स्थानीयले प्रदेश सांसद समक्ष बर्षेनि आइरहेको बजेट यो बर्ष रोकिएको भन्दै गुनासो गरेका छन् ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद माृतका भट्टराईले विकासको नाममा राज्यको स्रोत र साधको दुरुपयोग भइरहेको बताउनु भयो । ठूलाठूला योजनाबाट निर्माण भएका भौतिक संरचना केहि समयमै भत्काइएको पाइएको बताउँदै उहाँले दिर्घकालिन समयका लागि भौतिक संरचना निर्माण हुनुपर्ने धारणा राख्नुभयो ।
कमला नदी पुल निर्माणको लागि २०७६ साल जेठ १७ गते मिसेस् सुर्या एण्ड सन प्राइभेट लिमिटेड धरान, २ सुनसरी र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुली बिच २०८० जेठ ३० गते निर्माण सम्पन्न हुने गरि सम्झौता भएको थियो । प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देब नारायण प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामा, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देबकोटा, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको उपस्थिति रहेको थियो ।
News Desk 0 response बुधबार, कार्तिक २२, २०८०
सम्बन्धित शीर्षकहरु
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१-
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१
-
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१