संघको ऐन, कानून अपूरो र भएका कानूनलाई पनि कार्यान्वयन गर्न नसक्दा प्रदेश फितलो भयो : मन्त्रि श्रेष्ठ
-
बैशाख २१, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले संघीय सरकारले प्रदेशको लागि अपुरो ऐन, कानुन निर्माण गर्नाले र निर्माण गरेको ऐन, कानुन पनि कार्यान्वयन गर्न नसक्नाले प्रदेश सरकार फितलो भएको बताउनु भएको छ ।
आइसिटी फाउण्डेशन नेपालले आयोजना गरिएको डिजिटल बागमती संवाद कार्यक्रममा मन्त्रि श्रेष्ठले प्रदेश सरकारको साझा सूचीभित्रका अधिकारलाई लिएर संघीय सरकारले जति ऐन, कानुनहरू बनाउन सक्नुपर्थ्यो त्यति बनाउन नसक्नाले र भएका ऐन, कानुनको कार्यान्वयन नगर्नाले प्रदेश सरकार फितलो भएको बताउनु भएको हो ।
मन्त्रि श्रेष्ठले संघीय सरकारप्रति विशेष आग्रह गदैँ विगतका ऐन, कानुनहरू समयानुकूल संशोधन र आवश्यक नयाँ ऐन, कानुनहरू फटाफट निर्माण गरेर संविधानको सफल कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि आग्रह गर्नुभयो । म मन्त्रि श्रेष्ठले भन्नुभयो “हजारौंको बलिदानबाट नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यसले व्यवस्था परिवर्तनको आधारभूत काम पुरा गरेको छ । अब देश अवस्था परिवर्तनको चरणमा प्रवेश गरेको छ । अघिल्ला शताब्दीहरूमा कैयौं देशहरूले शदीयौँ लगाएर प्राप्त गरेका समृद्धि आज हामीले केही दशकमा प्राप्त गर्नसक्ने सम्भावना बढेर गएको छ । किनभने हामी बाँचिरहेको शताब्दी बिज्ञान र सूचना तथा सञ्चार प्रविधिको शताब्दी हो । ”
तर यसका लागि आधारभूत सर्त भनेको बलिदानको जगमा प्राप्त व्यवस्थाको रक्षा गर्दै संविधानको सफल कार्यान्वयन भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान त बनायौं तर त्यस संविधानलाई सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐन, कानुनहरू अझै जेजति बनाउनु पर्थ्यो त्यति बनाउन नसकिएको बताउनु भयो। “भएका ऐनकानुनहरू पनि समयानुकूल परिमार्जन गर्न सकिरहेका छैनौं । आज पनि हामीले कतिपय पञ्चायतकालीन ऐन, कानुनको भरमा काम गरिरहेका छौँ । जुन ऐन, कानुनले संघीयता, लोकतन्त्र, गणतन्त्र केहीलाई पनि चिन्दैन ।” मन्त्रि श्रेष्ठले थप्नुभयो ।त्यस्तै श्रेष्ठले प्राकृतिक रूपमा प्रविधिको प्रयोगविना समृद्धि सम्भव छैन भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट रहेको तर्क ब्यक्त गर्नुभयो । त्यसका लागि बागमती प्रदेश सरकार बिज्ञान र सूचना तथा सञ्चार प्रविधिमैत्री ऐनकानुन बनाउन, बनेकालाई समयानुकूल परिमार्जन गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको समेत श्रेष्ठले बताउनु भयो ।
News Desk 0 response बिहिबार, बैशाख २१, २०८०
“दैनिक जीवन र सरकारी कामकाजमा कम्प्युटर तथा डिजिटल प्रविधि प्रयोग गर्न इन्टरनेट कनेक्टिभिटीको अपरिहार्यता बुझेका छौँ तर पनि अझै हाम्रा विद्यार्थीहरू पढ्नको लागि घन्टौँ हिड्नुपर्ने र महिनौंसम्म पुस्तक पढ्न नपाउने अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन बागमती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्नेछ । ”मन्त्रि श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१