-
कात्तिक ८, सिन्धुली/नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सिन्धुली इन्चार्ज एवं बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ का साझा उम्मेद्वार लेखनाथ दाहाल (राजन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको सुनमा घोटाला गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ सिलामेमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता दाहालले पूर्वप्रधानमन्त्री ओलीले पशुपतिको सुनको जलहरी राख्दा १० केजी सुन घोटला गरेको आरोप लगाउँदै पशुपतिनाथलाई नै ढाँट्न सक्ने ओलीले अरुलाई बाँकी नराख्ने वताउनुभयो । नेता दाहालले भन्नुभयो “पशुपतिमा सुन चढाउँने भनेर राज्यकोषबाट लगे तर १० केजी त्यहीँ गायव गरे । यसरी पशुपतिलाई नै ढाँट्ने ओलीले अरुलाई के बाँकी राख्थे ?” नेपालीको आस्थाको धरोहर पशुपतिलाई समेत ढाँट्न सक्ने मान्छेले हामी जनतालाई बाँकी नराख्ने भन्दै दाहालले नेकपा एमाले भष्टाचारको केन्द्र रहेकोले ओलीसँग जनतामा मत माग्न जाने नैतिक आधार नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेता दाहालले अबको गठबन्धनको स्थिर सरकार, बलियो सरकार, जनताको इच्छा आकाँक्षा र राष्ट्रिय आवश्यकतालाई प्रतिनिधित्व गर्ने सरकार, विकास निर्माणको नेतृत्व गर्ने सरकार, हरेक नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने सरकार निर्माणको निम्ति मतादेश दिन मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई मतदान गरिदिन समेत सवैलाई आग्रह गर्नुभयो । कमलामाई नगरपालिकाका सबै बस्ति टोलहरुमा बाह्रै महिना सञ्चालन हुने व्यवस्थित सडक संजाल निर्माण गर्ने, व्यवस्थित खानेपानीको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्या हल गर्ने गरी रणनीति निर्माण गरिरहेको वताउँदै नेता दाहालले अब व्यवस्थित ढंगले योजनावद्ध विकास निर्माणको काम हुने वताउनुभयो ।
News Desk 0 response मङ्लबार, कार्तिक ८, २०७९
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री उपाध्याय
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : सहमहामन्त्री..
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१