-
असोज ४, सिन्धुली/शहिद महेन्द्र श्रेष्ठको २४ औँ स्मृति दिवस मनाएको छ । शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशन तथा अखिल (क्रान्तिकारी)द्वारा संयुक्त रुपमा सहिद श्रेष्ठको २४ औं स्मृति दिवस मानाएको हो ।
News Desk 0 response मङ्लबार, अशोज ४, २०७९
फाउन्डेसनका सल्लाहाकार तथा सहिद श्रेष्ठका छोरा क्षितिज श्रेष्ठको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र मधेस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि भरत शाहको प्रमुख आतिथ्यतामा महान सहिद श्रेष्ठको २४ औँ स्मृति दिवस मनाईएको हो । वि.सं. २०२६ असार ३ गते जन्मनु भएका महान शहिद महेन्द्र श्रेष्ठ सानै उमेर देखि राजनीतिक क्षेत्रमा चासो राख्नुहुन्थ्यो । सहिद श्रेष्ठलाई तत्कालिन साहि नेपाली सेनाले २०५५ साउन विरामी भएर सुतिरहेको अवस्थामा ओखलढुङगावाट गिरफतार गरी असोज ४ गते उदयपुरको खोक्सामा हत्या भएको थियो ।
नेकपा माओवादी केन्द्र मधेस प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले महान सहिद श्रेष्ठप्रति श्रदाञ्जली अर्पन गर्दै नेकपा माओवादी पार्टीलाई नेपाली जनताको, उत्पिडन सदस्यको समस्याको समाधान कसरी गर्ने भन्ने प्रमुख चुनौती रहेको बताउनुभयो । जनयुद्धमा सहादत प्राप्त गरेका शहिदहरु प्रति सम्मान गर्दै मधेस प्रदेशले हरेक वर्ष फागुन १ गते सार्वजनिक विदा दिएर जनयुद्ध दिवस मनाउने गरेको बताउनुभयो । आफ्नो देश र पार्टीको लागि सहिदहरुले ठूलो योगदान गरेको उल्लेख गर्दै सहिदको सपनालाई सबै मिलेर पुरा गर्नुपर्ने अनि मात्रै पार्टी संगसँगै सहिदको सपनाले सार्थकता पाउने बताउनुभयो ।
यस्तै, नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज लेखनाथ दाहाल (राजन) ले सहिद महेन्द्र श्रेष्ठ पार्टीको नियमलाई पालना गर्नुपर्छ भन्ने व्यक्ति भएको बताउनुभयो । संसार भरिका दुस्मन नेकपा माओवादी प्रति एक भएर आईलाग्दा पनि निडर भएर आफ्नो पार्टीप्रति लागेर पार्टीको सुरक्षा गर्न लागिपर्दा जिल्लाका १ सय ६७ जनाले सहादत प्राप्त गरेको उहाँले बताउनुभयो । जसमा सहिद महेन्द्र श्रेष्ठ पनि पार्टीको एक महत्वपूर्ण अंग भएको र उक्त अंग गुमाउनु परेको घटना निकै नै दुखद् रहेको भन्दै सहिद श्रेष्ठ प्रति श्रदान्जली अर्पन गर्नुभएको छ । यस्तै, सहिद श्रेष्ठ जस्ता धेरै सहिदहरुले सयौँ पटक जनताको अधिकारको लागि नलडेको भए आज पार्टीले यतिको सफलता प्राप्त गर्न नसक्ने भन्दै सहिदहरुको सपनालाई यथार्थमा बदल्न र सपना सार्थक बनाउन आफु निरन्तर लागि पर्ने र सबैलाई लागि पर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै, शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनका सल्लाहाकार सदस्य क्षितिज श्रेष्ठले नीति नियममा पार्टीलाई कसरी सुधार गर्ने र सहिद परिवार र घाईते परिवारलाई कसरी एकताबद्ध बनाउने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीले प्रत्येक सहिदको सहिद दिवस मनाईरहनु भन्दा आसेपासे जो आफ्नो स्वार्थको लागि काम गर्ने गरेका छन् त्यस्ता व्यक्तिलाई विर्सिएर सक्षम र सबल व्यक्तिलाई अंगालेर काम गरेमा सहिदहरुको सपना पुरा हुने बताउनुभयो । भ्रष्टचार गर्न छाडेर देश, पार्टी अनि जनताको लागि आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उहाँको भनाई रहेको छ । पार्टीमा रहेर आफ्नो आफ्नो नेतृत्व गरिरहेका सबैले सहिद परिवारको गुनासोलाई सुन्नुपर्ने भन्दै नेतृत्व गर्दै जादाँ कोही कसैले बाटो नविराउन र सम्पुर्ण सहिद तथा वेपत्ता परिवारका सदयको सदैव साथ र सहयोग रहेको श्रेष्ठले बताउनुभयो ।
शहिद तथा बेपत्ता फाउण्डेश र अखिल क्रान्तिकारी सिन्धुलीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुसाशन विभाग सदस्य बुद्धिमान माझि (बसन्त), माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव प्रकाश श्रेष्ठ, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सल्लाहाकार विश्वम्बर लामिछाने, माओवादी केन्द्रका जिल्ला अध्यक्ष पानिराज बम्जन, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भानुभक्त श्रेष्ठ लगायतको सक्रिय उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१ -
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१