-
फागुन १४, सिन्धुली/नेपाली काँग्रेस सिन्धुलीको अधिवेशनमा सभापतिको लागि ५ जनाले उमेद्वारी दिएका छन् । काँग्रेस सिन्धुलीकोे उमेद्वारी दर्तामा सभापतिका लागि ५ जनाको उमेद्वारी परेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारीदिनु भयो ।आगामी कार्यकालका लागि सभापतिमा उज्ज्वलप्रसाद बराल, उपेन्द्र कुमार पोख्रेल, खड्गबहादुर वाईवा, प्रेमचन्द्र दाहाल र विश्वनाथ कोइरालाको उमेद्वारी परेकाछ । बराल वर्तमान जिल्ला सभापति हुन् भने वाइवा उपसभापति हुन् । त्यस्तै दुई उपसभापतिका लागि ८ जनाको उमेद्वारी परेको छ । उपसभापतिमा उमेद्वारी दिनेहरुमा ओवविक्रम खत्री (सुवास), जगत कल्याण अधिकारी दनुवार, जगत बहादुर भोलन, जनकबहादुर सार्कि, दिपककुमार घिमिरे, यज्ञबहादुर कार्की, रामकुमार पहाडी र शान्ता कुमारी कार्की रहेको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।
दुइ जना सचिवको लागि सात जनाको उमेद्वारी परेको छ । सचिवमा उमेद्वारी दिनेहरुमा इश्वर कुमार बस्नेत, कपेन्द्र कुमार लामा, कान्छामान बल, कृष्णप्रसाद दाहाल, ठाकुर प्रसाद दाहाल, रञ्जना कार्की र शरद आचार्य रहेका छन् । दुइ जना सह–सचिवका लागि पाँच जनाको उमेद्वारी परेको छ । सह–सचिवको उमेद्वारी दिनेहरुमा ताराथान तिमल्सिना, नरेन्द्र कार्की, पुस्करराज बराल, विष्णु कार्की र सुरज कुमार मिश्र रहेका छन् । त्यस्तै सदस्यहरुमा भुगोल तर्फबाट ७ जना महिला सदस्य सर्वसहमत भएका छन् । कमलामाईबाट रमला पौडेल, घ्याङखबाट कमला थिङ, मरिणबाट रजनी मैनाली, हरिहरपुरगढीबाट शोभाकुमारी वाइवा बम्जन, सुनकोशीबाट मिरा थापा, तीनपाटनबाट भवानी अधिकारी र गोलञ्जोरबाट गंगादेवी श्रेष्ठ सर्वसहमत निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८
त्यस्तै भूगोलबाट खुल्ला सदस्यमा घ्याङलेखबाट रामकाजी वाइवा, मरिणबाट प्रकाश जंग थापा र तिनपाटनबाट हामे प्रसाद अधिकारी सर्वसहमति भएका छन् । दलित महिला सदस्यमा दिपा वैजु सर्वसमति निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभएको छ । त्यस्तै जनजाति चार जना सर्वसहमत निर्वाचित भएका छन् । सिन्धुली काँग्रेसको कार्यसमितिको निर्वाचन आइतबार हुनेछ ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१