• फागुन १३, सिन्धुली/इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार नवराज थापा सिन्धुलीको सर्वाेत्कृष्ट प्रहरी घोषणा हुनुभएको छ । फिक्कल गाउँपालिका खाङ्साङ् दरबन्दी भइ हाल कपिलाकोट इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार थापा २०७८ साल माघ महिनाको सर्वाेत्कृष्ट प्रहरी बन्न सफल हुनुभएको हो ।

    थापाले आफ्नो जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनिय ढंगबाट निर्वाह गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुभएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । हवल्दार थापाले आफ्नो जिम्मेवारी लगनशिल भइ इमान्दारीताका साथ निर्वाह गरी उत्कृष्ट कार्य प्रदर्शन गरेकोले अन्य प्रहरी कर्मचारी समेतलाई प्रोत्साहन गर्नका लागि माघ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

    प्रहरी निरीक्षक शुशिल आचार्यको कमाण्डमा इलाका प्रहरी कार्यालय कपिलाकोटले कार्य सम्पादन गरिरहेको छ । त्यसो त हवल्दार थापा यस अघि पनि सर्वाेत्कृष्ट प्रहरी बन्न सफल प्रहरी कर्मचारी हुन् । थापाद्धारा सम्पादन गरिएका कार्यहरु निकै प्रशंसनिय र अरुलाई समेत प्रोत्साहित गर्ने किसिमको रहेको र सेवामा लगनशिल भएकाले सर्वाेत्कृष्ट बन्न सफल हुनुभएको हो ।