-
स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुनलागेको छ । निर्वाचनका समयमा उमेद्वारहरुले जनताको भोट बटुल्न निकै आश्वासनहरु बाँडेको कुरा घाम झैँ छर्लङ्ग छ । त्यतिमात्र नभएर चुनावका बेला उमेद्वाहरुले जनताका नाममा सयौँ प्रतिवद्धताहरु छापेर बाँड्न भ्याए । तर निर्वाचित भएपछि ती प्रतिवद्धताहरु कसैले पूरा गरे भने कसैले भोट बैंक मात्र बनाए । यसै सन्दर्भमा सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीका वडा अध्यक्ष गोविन्द बहादुर राउतसंग हामीले ५ प्रश्न राखेका छौँ ।
१) निर्वाचनमा गुर्नभएको प्रतिवद्धता अनुसारका कामहरु कति पूरा भए ?
– चुनावमा मैले गरेका प्रतिवद्धता मध्यका ९० प्रतिशत काम सकियो । अलिकति खानेपानीको काम बाँकी छ । त्यस मध्ये चँदाहा नियन्त्रणको केहि काम बाँकी छ । विद्यालय भवन र प्राथमिक स्वास्थ्य केन्द्रको भवन वनाउने काम सोचेको भन्दा पनि राम्रे काम भएको छ । समग्र मुल्याङ्कनमा चुनावको वेला गरेका प्रतिवद्धता अनुसार ९० प्रतिशत भन्दा बढि काम भएको छ ।२) वडा अध्यक्ष भएपछि महत्वपूर्ण काम के के गर्नुभयो ?
– म वडा अध्यक्ष भएपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाइएको छ । एम्बुलेन्स नभएर अत्यन्तै समस्या भएको अवस्था थियो तर अहिले एम्बुलेन्स सूचारु गरेका छौं । हाम्रो वडा दुईओटा भूगलमा विभाजित छ । साविकको बेलघारी गाविसको ५, ६, ७ र ८ एकातिर र १, २ ,३ , ४ र ९ एकातिर छ । विचमा ठूलो जंगल छ । त्यहाँ विचमा बाटो थिएन । हामीले बाटो बनाएर नियमित गाडी हिँड्ने बनाएका छौं ।
बेलघारीबाट सिधै चकमके जान सक्ने अवस्था थिएन । बिचमा खोलाले निकै समस्या भएको थियो । अहिले झुँगा खोलामा पुल निर्माण भई सकेको छ भने लंगुरखोलामा निर्माणधिन रहेको छ । तीनपाटन गाउँपालिका वडा नं. १ र २ जोड्ने चँदाहा खोलामा ३ सय ९ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन रहेको छ । यो योजना निर्माणको लागि निक्कै ठूलो योगदान गरेको छु । साविक बेलघारी गाविसको वडा नं. ५,६,७ र ८ मा खानेपानी समस्या थियो । नेवा संस्थाको सहयोगमा लिफ्टबाट तानेर खानेपानी वितरण गरिएको छ ।३) स्थानीय तहमा भ्रष्टाचार बढिरहेको छ भनिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न के कस्तो पहल गर्नुभयो ?
News Desk 0 response बिहिबार, फाल्गुन ५, २०७८
– भ्रष्टाचारबाट म टाढै छु । मैले यो काम गरिदिए वापत यति चाहिन्छ वा यो काम गरिदिनु, म यति दिन्छु भन्ने काम मबाट हुँदैन र भएको पनि छैन । अरुले गरेको थाहा पाएँ भने पनि विरोध गरेको छु । जनप्रतिनिधि वा कर्मचारी भएपछि जनताको काम गर्नु कर्तव्य हुन आउँछ । आफूले गरिदिनुपर्ने काम पैसामा लेनदेन हुँदैन भन्ने मेरो प्रष्ट धारणा छ । अन्य कर्मचारी साथिहरुबाट कतै त्यस्तो कुरा आयो भने त्यसलाई नियन्त्रण गर्न म आफ्नो अधिकारले भ्याएसम्म नियमन गरेको छु । जहाँसम्म लाग्छ मेरो वडामा त्यस्तो भ्रष्टाचारका कुनै पनि कार्य भएको छैन ।
कार्यपालिकाबाट भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै नीति कार्यक्रम नै निर्माण गरेर काम गर्न नसकिए पनि नेपाल सरकारले निर्माण गरेको भ्रष्टाचार नियन्त्रण निवारण नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न म कडा रुपमा उभिने गरेको छु । तीनपाटन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणको क्रममा भेरिएसनको नाममा भ्रष्टाचार भएको भन्ने कुरा उठेपछि हामीले व्यापक रुपमा छलफल गर्यौँ । प्राविधिक सहितको सर्वदलीय छानविन समिति नै गठन गरेर अध्ययन नै गर्ने काम भएको छ । त्यो समितिले काम पनि गर्दैछ । तर कार्यपालिकाबाट नै भ्रष्टाचार निवारणका लागि छुट्टै रणनीति निर्माण भएन ।
४) नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आगामी निर्वाचनमा तपाईंको उमेद्वारी केमा रहन्छ ?
– आगामी निर्वाचनमा म पुनः वडा अध्यक्षको उमेद्वारीको तयारीमा छु । त्यो भन्दा माथि पार्टीका अन्य साथीहरु पनि हुनुहुन्छ । त्यस्तै परिस्थिति आयो भने सोच्नु पर्ला । अहिले चाहीँ वडाको नै तयारीमा छु ।
५) अहिलेको निर्वाचन प्रणली निक्कै खर्चिलो छ भन्छन् । तपाईंले कति खर्च गरेर निर्वाचित हुनुभयो र खर्च कम गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
– तपाईंले निक्कै गम्भिर र चासोको प्रश्न गर्नुभयो । यो उमेद्वारहरुको प्रमुख चुनौतिको विषय हो । यति खर्च गरियो भनेर त ठ्याक्कै भन्न सकिँदैन । निर्वाचन निक्कै खर्चिलो छ । अबको चुनाव झन खर्चिलो हुनेवाला छ । चिया पसल, चोकमा कुरा गरिरहेका हुन्छन् । चुनावमा नै हो सबैचिज खान पाईने भन्ने माहोल हुन्छ, बुझाइ हुन्छ । यसको रोकथामका उपायहरु पनि छन् । पार्टी कमिटि प्रशिक्षित भयो भने कार्यकर्ताहरुमा भड्कीलो खर्चिलो निर्वाचन गराउनु हुँदैन भन्ने चेतनाको विकास गराउन सकियो भने पनि खर्च नियन्त्रण हुन्छ । धेरै खर्च गर्नु भनेको भोली जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न बाध्य वनाउनु हो भन्ने कुरा कार्यकर्ता र जनतापङ्तीमा चेतना हुनु जरुरी छ । लगानी गरेपछि जनप्रतिनिधिले भ्रष्टाचार गरेर नै उठाउने हो । यसले झन बढी भ्रष्टाचार हुन्छ । पार्टी कमिटि नै प्रशिक्षित भएर अघि वढ्नु पर्छ । खर्चिलो निर्वाचनले लोकतन्त्र नै धरापमा पर्ने अवस्था छ । अब पार्टीले चुनावमा खर्च गर्न सक्नेलाई टिकट दिन बाध्य हुनु पर्ने अवस्था आएको छ । यसले फेरी हुनेखानेले मात्र खर्च गर्न सक्ने र सत्तामा पुग्ने अवस्था आएको छ । यो पद्धतिलाई अन्त्य गर्न पार्टी संगठन नै लाग्न जरुरी छ ।
कम खर्चमा नै निर्वाचनमा जानुपर्छ भनेर पार्टीले रणनीति निर्माण गरिरहेको छ । म पनि निर्वाचनलाई भड्कीलो बनाउनु हुँदैन भन्ने पक्षमा छु । पार्टी कमिटि सानो र चुस्त बनाएर निर्वाचनमा परिचालन गर्ने तथा निर्वाचनमा व्यक्तिले भन्दा पनि पार्टीले नै खर्च गरेर जाने हो भने भोली भ्रष्टाचारको संभावना कम हुन्छ जस्तो लाग्छ । म पनि यहि पक्षमा छु ।
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१