सिन्धुलीबाट रसुवाका बाढीपहिरो पीडितलाइ ५८ बढी सहयोग
सिन्धुली/रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीमा हालसम्म ५८ लाख १४ हजार २ सय ३६ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
गत भदौ महिनाको १० गते रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै सिन्धुलीका विभिन्न क्षेत्रका व्यक्ति र संस्थाहरूले आर्थिक सहयोग गरेका थिए ।
सहयोग गर्नेहरूमा जिल्लाका विभिन्न विद्यालय तथा शैक्षिक संस्था, होटल व्यवसायी, निर्माण व्यवसायी, सामुदायिक वन उपभोक्ता समूह, बचत तथा ऋण सहकारी संस्था, टोल सुधार समिति तथा सर्वसाधारण नागरिक रहेका छन् ।
यस अभियानमा सिन्धुली कारागार कार्यालयका कैदीबन्दीहरूले समेत राहतका लागि आर्थिक सहयोग गरेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
प्रतिक्रिया


