कोबे इन्टरनेसनल एजुकेसन सेन्टरद्वारा दशैँ शुभकामना आदानप्रदान तथा विद्यार्थीलाई विदाई
सिन्धुली/सिन्धुलीको कोबे इन्टरनेसनल एजुकेसन सेन्टर सिन्धुलीले विजयादशमी २०८३ को शुभकामना आदानप्रदान तथा विदाई कार्यक्रम गरेको छ ।
कोबे इन्टरनेसनल एजुकेसन सेन्टरका सिन्धुली शाखा प्रमुख इन्द्र श्रेष्ठको सभाध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिन्धुली बहुमुखी क्याम्पसका प्रमुख दुर्गा प्रसाद अधिकारी र विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यस्तै कोबे इन्टरनेसनल एजुकेसन सेन्टरका संस्थापक निशान बुढाथोकीलगायत विभिन्न क्षेत्रका अतिथि, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विजयादशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै जापान तथा दक्षिण कोरिया जान विद्यार्थी भिसा र रोजगार भिसा प्राप्त गरी वैदेशिक यात्राको तयारीमा रहेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विदेश यात्रामा जान लागेका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको कामनासहित विदाई गरिएको थियो ।



