खुकुरी प्रहार गरी फरार रहेका गणबहादुर थिङ पक्राउ

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका-२ मा खुकुरी प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा फरार रहेका गण बहादुर थिङ पक्राउ परेका छन् ।

प्रहरीको अनुसार २०८३ साउन १४ गते साँझ करिब ६ बजे मरिण गाउँपालिका-२ निवासी २८ वर्षीय सुरेश थिङमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि गण बहादुर थिङ फरार रहेका थिए । उक्त घटनामा उनीविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा रहेको जनाइएको छ ।

फरार प्रतिवादी थिङ गाउँमा आएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा प्रहरीले उनलाई आज दिउँसो करिब १२ः०५ बजेको समयमा मरिण गाउँपालिका-२ स्थित घरनजिकै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *